हिजो ह्वात्तै बढेको सुनको भाउ आजै ओरालो लाग्यो, कति ?

साताको पहिलो दिन हिजो उकालो लागेको सुनको मूल्य सोमबार भने सामान्य रूपले घटेको छ। शुक्रबारको तुलानामा आइतबार ६ सय रुपैयाँले बढेको सुनको भाउमा सोमबार भने सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापवाला सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ। जससँगै नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९१ हजार ४ सय कायम भएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य भने १ सय रुपैयाँले नै ओरालो लागेको छ। शुक्रबारको तुलनामा ६ सयले घटेर आइतबार ९१ हजारमा करोबार भएको तेजाबी सुन सोमबार भने ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, सुनको भाउ घटेको दिन चाँदी भने स्थिर रहेको छ। आइतबार १२ सय ३० मा कारोबार भएको चाँदी आज पनि सोहि भाउमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, भदौ २१, २०७८११:४८

नेप्सेमा इतिहास, ६० कम्पनीको शेयरमा सकारात्मक सर्किट !