सेप्टेम्बर 6 एक धेरै विशेष दिन हुन गइरहेको छ। दुई ठुला ग्रहहरुले आफ्नो राशी परिवर्तन गर्दै छन्। यी दुई ग्रहहरु शुक्र र मंगल हुन्। महान ग्रह शुक्र आफ्नो कमजोर राशि कन्याको यात्रा समाप्त गरी ६ सेप्टेम्बरको दिउसो १ बजेर ३ मिनेटबाट आफ्नो स्वामित्व रहेको राशि तुलामा प्रवेश गर्दैछ। यस राशिमा शुक्र अक्टुबर २ बिहान ९ बजेर ५९ मिनेटसम्म रहनेछ। त्यस्तै, मंगल ग्रह आजै कन्या राशिमा प्रवेश गर्दैछ। एकै दिन दुई ग्रहको गोचरले हरेक राशिका मानिसमा शुभ-अशुभ प्रभाव पार्नेछ।
मंगल ग्रहलाई ऊर्जा, वीरता, साहस र आत्मविश्वासको कारक मानिन्छ। मेष र वृश्चिक राशिको स्वामी मंगल ग्रह कर्कट राशिमा नीच र मकर राशिमा उच्च मानिन्छ। त्यस्तै, वृष र तुला राशिको स्वामित्व प्राप्त शुक्र ग्रह कन्या राशिमा नीच र मीन राशिमा उच्च रहन्छ। यी ग्रहहरु एकै दिन गोचर हुँदा ४ राशिका मानिसको लागि अत्यन्त शुभ रहनेछ।
मेष राशि
शुक्र र मंगल ग्रहको गोचर यस राशिका लागि कुनै वरदान भन्दा कम हुने छैन। हरेक काममा सरलताका साथ सफलता प्राप्त हुनेछ। तपाईंको योजनाबाट निकै राम्रो सफलता मिल्नेछ। काममा उत्साह बढ्नेछ। जागिरमा पदोन्नति मिल्दा तपाईंको रोकिएको काम पूरा हुनेछ। आत्मविश्वास बढ्नेछ र परिवारका सदस्यहरुको सहयोग प्राप्त हुनेछ।
सिंह राशि
मंगल र शुक्र ग्रहको राशि परिवर्तनले सिंह राशिका मानिसलाई खुब सफलता प्रदान गर्नेछ। सुख र धनमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। सन्तानको प्रगतिका कारण तपाईंको मन प्रशन्न रहनेछ। धेरै पहिले भूमिमा गरेको लगानीले धेरै राम्रो प्रतिफल ल्याउनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।
धनु राशि
यस राशिका मानिसहरुका लागि निकै राम्रो समय सुरु भएको छ। जुन कार्य पूरा गर्न तपाईंले निकै संघर्ष गर्नु परेको थियो, उक्त कार्य सरलताका साथ सम्पन्न हुनेछ। यसबाट तपाईंले राम्रो सफलता पनि पाउनुहुनेछ। वैदेशिक यात्राको पनि सम्भावना रहेको छ। विवादित मामिलामा सफलता मिल्नेछ।
कुम्भ राशि
कुम्भ राशिका मानिसलाई मंगल र शुक्र दुबै राशिले शुभ फल दिनेछ। पुरानो सम्पत्तीको बिक्रीबाट ठूलो लाभ प्राप्त होला। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी बढ्नेछ। परिवारमा शुभ कार्य आयोजना हुने सम्भावना रहेको छ। भाग्य वृद्धिको योग रहेको छ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ।