देशभर कोरोना संक्रमितको सङ्ख्या साढे सात लाख माथि, ९४ प्रतिशत निको भए !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७० हजार ७५९ पुगेको छ भने एन्टिजेन विधिबाट ८५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ हजार ६०९ जनाको पिसिआर परीक्षण तथा ४ हजार ३७० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ४८८ तथा एन्टिजेनबाट ४०९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ६९ हजार ७२१ जना पुगेको छ । हालसम्म ७ लाख २८ हजार ९२८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३० हजार ९७३ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ८५८ पुगेको छ।

प्रकाशित : सोमबार, भदौ २१, २०७८१७:०६

मनसुन अझै सक्रिय रहने, कहिले सम्म ? यसो भन्छन् मौसमविद् !