महान् शक्तिशाली ग्रह पृथ्वी पुत्र मंगल ग्रह सेप्टेम्बर बिहान ४ बजेर ११ मिनेटबाट सिंह राशिको यात्रा पूरा गरी कन्या राशिमा प्रवेश गरेको छ। जहाँ यो २२ अक्टोबरसम्म विराजमान रहनेछ। जसपछि तुला राशिमा प्रवेश गर्नेछ। मेष र वृश्चिकको स्वामी मंगललाई कर्कटमा कमजोर र मकर राशिमा उच्च मानिन्छ। मंगल ग्रहको गोचरको प्रभाव यी ४ राशिमा अत्यन्त शुभ रूपमा पर्नेछ….
सिंह राशि
तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। धेरै दिनका लागि दिइएको धन छिट्टै फिर्ता हुनसक्छ। परिवारमा कलहको स्थिति उत्पन्न हुँदा मन चिन्तित हुनसक्छ। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। व्यापार अनुबन्धको समयमा, भाषा शैली नियन्त्रणमा राख्नुहोस्, अनावश्यक कुरा नगर्नुहोस्।
धनु राशि
कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। कुनै नयाँ कार्य सुरु गर्न चाहनुहुन्छ भने पनि यो समय तपाईंका लागि शुभ रहनेछ। सरकारको पूर्ण सहयोग रहनेछ। सरकारी कार्यमा तपाईंलाई राम्रो सफलता मिल्नेछ। शत्रु सक्रिय हुनेछन् तर पराजित हुनेछन्। विद्यार्थी वर्गका लागि पनि यो समय अनुकूल नै रहनेछ।
मकर राशि
मकर राशिका मानिसमा मंगलको प्रभाव अप्रत्याशित हुनेछ। शिक्षा-प्रतिस्पर्धामा अपेक्षित सफलता प्राप्त हुनेछ। विद्यार्थीहरुको लागि यो समय वरदान भन्दा कम हुने छैन। धार्मिक कार्यमा रुची बढ्नेछ। पुण्यका कार्यमा पनि तपाईंको संलग्नता बढ्नेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरु सफल हुने सम्भावना छ।
मीन राशि
आर्थिक उन्नति र सामाजिक पद-प्रतिष्ठा बढ्नेछ। सरकारी क्षेत्रका मानिसको लागि यो समय निकै शुभ रहनेछ। यदि तपाईं चुनाव सम्बन्धि निर्णय लिन चाहानुहुन्छ, तब सफलताको योग रहेको छ। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। विवाह सम्बन्धि वार्तामा थोरै ढिलाइ हुनसक्छ। आफ्नो योजना गोप्य राखेर कार्य गर्नुहोला, सफल हुने सम्भावना उच्च रहन्छ।