महान् शक्तिशाली ग्रह पृथ्वी पुत्र मंगल ग्रह सेप्टेम्बर बिहान ४ बजेर ११ मिनेटबाट सिंह राशिको यात्रा पूरा गरी कन्या राशिमा प्रवेश गरेको छ। जहाँ यो २२ अक्टोबरसम्म विराजमान रहनेछ। जसपछि तुला राशिमा प्रवेश गर्नेछ। मेष र वृश्चिकको स्वामी मंगललाई कर्कटमा कमजोर र मकर राशिमा उच्च मानिन्छ। मंगल ग्रहको गोचरको प्रभाव यी ४ राशिमा अशुभ रूपमा पर्नेछ….
मिथुन राशि
पारिवारिक कलह र मानसिक तनाव निम्तिन सक्छ। तपाईंका आफ्नै मानिसहरुले षडयन्त्र गर्नेछन् र तपाईंलाई अपमानित गर्ने एउटा पनि अवसर छोड्ने छैनन्। सावधानीपूर्वक यात्रा गर्नुहोस्। वस्तुहरु चोरी हुनबाट जोगाउनुहोस्। आमा बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। जग्गा-जमीनसँग सम्बन्धित समस्याको समाधान हुनेछ।
कन्या राशि
तपाईंको राशिमा मंगल ग्रहको गोचरको प्रभाव मिश्रित रहनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। अनावश्यक वाद-विवादमा नपर्नुहोला। सरकारी क्षेत्रमा संलग्न रहेका मानिसले यो समयमा विशेष लाभ प्राप्त गर्नेछन्। उच्च अधिकारीहरुसँग तपाईंको सम्बन्ध बिग्रन नदिनुहोस्। आर्थिक लेन-देन गर्दा विशेष ख्याल राख्नुपर्ने देखिन्छ।
तुला राशि
तपाईंको लागि समय अनुकूल नरहला। तपाईंको स्वभावमा क्रोध र चिडचिडापन आउन सक्छ, जसको परिणामस्वरूप कार्यस्थलमा उच्च अधिकारीहरुसँगको सम्बन्धमा कटुता आउनसक्छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्। सन्तान सम्बन्धि कुराले तपाईंको मन चिन्तित रहन सक्छ। वैदेशिक यात्राको पनि सम्भावना रहेको छ।
कुम्भ राशि
तपाईंको लागि यो समय त्यति खास नरहला। स्वास्थ्य सम्बन्धि चिन्ता रहन सक्छ। विशेषगरी आँखा सम्बन्धि चिन्ता बढ्न सक्छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। आकस्मिक धन आर्जन हुने अवसर मिल्नेछ। दिइएको पैसा पनि फिर्ता हुने अपेक्षा गरिएको छ। सम्पत्ति सम्बन्धि मामिलाहरु हल हुनेछन्।