म्यानचेस्टर सिटीमा डी ब्रुएनलाई निकालेर उनको स्थानमा आफू खेल्ने गोलकिपर एडर्सनको चाहना !

म्यानचेस्टर सिटी गोलकिपर एडर्सनलाई प्राविधिक क्षमताले भरिपूर्ण मानिन्छ जसको कारण उनी कुनै पनि खेलमा अझ संलग्न हुन अनुमति दिन्छ। ब्राजिलियन गोलकिपरले आफू क्लबको मिडफिल्डमा केभिन डी ब्रुइनको ठाउँमा खेल्न सक्ने बताएका छन्। मजाकी रूपमा आफू मिडफिल्डमा बेल्जियनको स्थानमा खेल्दा क्लबलाई कुनै असर नपर्ने समेत दाबी गरेका छन्।

पछिल्लो दुई सिजनको प्रिमियर लिग गोल्डेन ग्लोभ विजेताको प्राविधिक क्षमताकै कारण सिटी प्रशिक्षक पेपले २०१७ मा ठूलो रकम खर्चेर क्लब भित्र्याएका थिए। सिटीको इतिहास हेर्ने हो भने गोलकिपरले आफ्नो स्थान बाहेक अर्को स्थानबाट खेलेको रेकर्ड रहेको छ। २००५ मा लिगको अन्तिम खेलमा सिटीले मिडल्सबर्ग विरुद्ध तत्कालिन प्रशिक्षक स्टुअर्ट पियर्सले गोलकिपर डेभिड जेम्सलाई स्ट्राइकरको रूपमा मैदान छिराएका थिए।

यस्तोमा आफू जेम्सको फुटस्टेप पछ्याउन तयार रहेको एडर्सनले बताएका छन्। सिटी टिभीमा जेम्सको उक्त खेलको बारेमा कुरा गर्दै ब्राजिलियन स्टारले भने,”मैले यदि त्यस्तो मौका पाएँ भने म स्ट्राइकरको रूपमा खेल्न चाहन्न। म मिडफिल्डमा खेल्न चाहन्छु, केभिनको स्थानमा।”

कसैले आफूलाई यस्तो अवसर दिएको खण्डमा आफूले डी ब्रुएनको स्थानमा खेल्ने बताउने उनी भन्छन्,”मैले रोज्न पाएँ र कसैले मलाई सोध्यो भने म भन्छु:’केभिन डी ब्रुएनलाई निकाल र उसको स्थानमा म खेल्छु।’ केहि फरक पर्दैन।”

प्रकाशित : मङ्गलबार, भदौ २२, २०७८१४:३८

आधिकारिक रूपमा रोनाल्डो फुटबल जगत कै सर्वश्रेष्ठ भएको प्रमाणित !