आधिकारिक रूपमा रोनाल्डो फुटबल जगत कै सर्वश्रेष्ठ भएको प्रमाणित !

अक्सफोर्ड विश्वविद्यालयका एक अग्रणी गणित प्रोफेसरले तयार गरेको एक एल्गोरिथ्मका अनुसार आधिकारिक रूपमा फुटबल जगतका सर्वश्रेष्ठ खेलाडी अर्थात् गोट(ग्रेटेस्ट अफ अल टाइम) हुन्। रोनाल्डो फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्, उनका प्रतिद्वन्द्वी लियोनेल मेस्सी, डिएगो म्याराडोना, पेलेको साथमा।

म्यानचेस्टर युनाइटेडका नयाँ अनुबन्ध क्रिस्टियानो रोनाल्डो, जसले आफूलाई विभिन्न लिगमा प्रमाणित गरिसकेका छन्, धेरै मानिसका लागि फुटबल इतिहास कै नम्बर एक खेलाडी हुन्।

अक्सफोर्ड गणितका प्राध्यापक डा टम क्रावफोर्डले लाइभस्कोरसँगको संयोजनमा वास्तविक गोट को हुन् भन्ने प्रमाणित गर्नका लागि गोट सूचकांक तयार पारेका छन्। उक्त सूचकांकमा रोनाल्डोलाई १०० % अंक दिइएको छ। मेस्सी, पेले, फेरेंक पुस्कास र रोनाल्डो नाजारियो टप ५ मा रहेका छन्।

रोनाल्डोलाई गोट संकेत गर्न उक्त सूचकांकमा सात मापदण्डहरु राखिएका छन्। यस्तोमा तपाईंको हिसाबमा यी मापदण्डहरुका आधारमा रोनाल्डोलाई गोट भन्न मिल्छ वा मिल्दैन ? सात मापदण्डहरुमा क्लब गोल र उपाधि सबैभन्दा महत्वपूर्ण रहेका छन्। अन्तराष्ट्रिय गोल र उपाधि त्यसपछि आउँछ। त्यसपछि ब्यालुन डी ओर, व्यक्तिगत सम्मान र कोशेढुङ्गा र अन्त्यमा ‘जेड-फ्याक्टर’ सिजन रहेको छ।

‘जेड-फ्याक्टर’ सिजनले लगातार पछिल्लो ५ सिजनमा अरु खेलाडीलाई पछि पारेको सिजनलाई जनाउँछ। पूर्व रियल म्याड्रिड स्ट्राइकरले ८९७ क्लब खेलमा ६७४ गोल गरेका छन्। यसमा मेस्सीले उनलाई पछाडी पारिसकेका छन्। अर्जेन्टिनी कप्तानले ८११ खेलमा ६८३ गोल गरेका छन्। त्यस्तै, क्लब उपाधिको कुरा गर्दा पीएसजी स्टारले ३५ उपाधि जित्दा रोनाल्डोले ३० उपाधि जितेका छन्।

अन्तराष्ट्रिय स्तरमा भने रोनाल्डो मेस्सी भन्दा निकै अगाडी रहेका छन्। अन्तराष्ट्रिय स्तरमा १११ गोलका साथ सबैभन्दा बढी गोल गर्ने खेलाडी रोनाल्डो हुन् भने मेस्सीको नाममा ७६ गोल रहेको छ। उपाधिको कुरा गर्दा दुबै खेलाडीले एक-एक उपाधि जितेका छन्। ब्यालुन डी ओरको हिसाबले मेस्सी (६) रोनाल्डो (५) भन्दा अगाडी रहेका छन्।

दुबै खेलाडीको व्यक्तिगत सम्मान पनि बराबरी जस्तै नै रहेको छ। र ‘जेड-फ्याक्टर’ सिजनको कुरा गर्दा गत १५ वर्ष उच्च स्तरमा प्रदर्शन गर्दै आएका दुबै खेलाडीको नाममा केहि ‘जेड-फ्याक्टर’ सिजन हुनुपर्छ। यी सबैलाई मध्यनजर राख्दै रोनाल्डो मेस्सी भन्दा अगाडी निस्केका हुन्। यो एउटा गणितीय हिसाब मात्र हो। हरेक मानिसले विभिन्न मापदण्ड अनुसार फुटबल जगतको गोट चुन्न सक्छ।

प्रकाशित : मङ्गलबार, भदौ २२, २०७८१५:३५

रियल म्याड्रिडको योजना: नयाँ स्टेडियम, हालाण्ड-एम्बाप्पे-पोग्बा वाला टोली, कसले सक्छ अब !