ह्वात्तै घट्यो सुनको भाउ, यो महिना कै सबैभन्दा सस्तो !

बुधबार सुनको भाउ यो महिनाभर कै सस्तो भयको छ। हप्ताको पहिलो दिन बढेको सुनको भाउ लगातार सस्तो हुँदै गएको छ। सोमबारको तुलना मंगलबार स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको छ।

आइतबार ६ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने १ सय रुपैयाँले घटेको थियो। मंगलबार स्थिर भएको सुन आज बुधबार ७ सय रुपैयाँले घटेर यो महिना नै सस्तो भएको छ। जससँगै बुधबार नेपाली बजारमा छापवाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज ७ सयले नै घटेको छ। योसँगै मंगलबार ९० हजार ९ सय प्रतितोला कायम भएको तेजाबी सुनको मूल्य बुधबार भने ९० हजार २ सय कायम भएको छ।

सुन भदौ महिना कै सस्तो

बुधबार कायम भएको सुनको मूल्य यो महिना नै सस्तो रहेको थियो। साउन ३२ गते छापवाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रहेको थियो भने तेजाबी सुनको भाउ प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको थियो। जसपछि कुनै पनि दिन सुनको मूल्य आजको विन्दुमा झरेको थिएन।

बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार १२ सय ३० रुपैयाँमा किनबेच भएको चाँदी बुधबार १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, भदौ २३, २०७८११:१७

नेप्से राताम्य, दुई दिनमा सय अङ्कले ओरालो लाग्यो !