नेयमार अनुबन्ध गर्न प्रयास गर्दा बार्सिलोनाबाट मेस्सी पनि उडायो पीएसजीले !

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा लियोनल मेस्सीसँग पुनर्मिलन हुनुअघि ब्राजिलियन नेयमार यस गर्मीमा क्याम्प नोउ फर्कन चाहेको खुलासा गरेका छन्। २९ वर्षीय नेयमारले मेस्सीसँग बार्सिलोनामा चार सिजन एकसाथ खेलेपछि २०१७ मा २२२ मिलियन पाउण्डको विश्व कीर्तिमानमा पीएसजीका लागि क्याटलान क्लब छाडेका थिए।

पीएसजी प्रस्थान पश्चात पनि अर्जेन्टिनी कप्तानसँग राम्रो सम्बन्ध रहेको पीएसजी स्टारले गत वर्ष आफू पुनः मेस्सीसँग खेल्न चाहेको कुरा पनि बताएका थिए। अन्ततः फ्रान्सेली राजधानीमा पुनर्मिलन हुनु भन्दा पहिले नेयमारले मेस्सीसँग खेल्न कै लागि बार्सिलोनासँग आवद्ध हुन क्लबका प्रमुख अधिकारीलाई सम्पर्क समेत गरेका थिए।

“हामीले नेयमारलाई अनुबन्ध गर्ने कोशिश गरेका थियौं,” लापोर्टाले क्याटलन आउटलेट टिभी३ लाई भने। मार्चमा आफू क्लबको अध्यक्ष नियुक्त भएपछिको समयलाई सम्झंदै उनले भने,”त्यो समयमा नेयमार अनुबन्ध गर्नु निकै राम्रो हस्ताक्षर हुने लागेको थियो। उनी सम्पर्कमा पनि आए। यसका लागि उनी निकै उत्साहित थिए।”

“हामीले त्यतिबेला फेयर प्लेलाई अर्को तरीकाले व्याख्या गरेका थियौं। त्यहि समयमा नै हामीलाई लिगको सबै नियमको बारेमा थाहा भएको भए हामीले नेयमारलाई कुनै प्रस्ताव नै गर्दैनथ्यौं,” लापोर्टाले थपे। नेयमारको मेस्सीसँग पुनः खेल्ने सपना अन्तत: बार्सिलोनामा नभएर पेरिसमा पूरा हुने भएको छ।

पीएसजीका लागि मेस्सीले अन्तराष्ट्रिय ब्रेक अगाडी मात्र रेइम्स विरुद्ध ६५ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरिसकेका छन्। हाल दुबै खेलाडी आफ्नो राष्ट्रिय टोलीसँग व्यस्त रहेका छन्।

प्रकाशित : बुधबार, भदौ २३, २०७८१४:२१

एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक !