कोरोना संक्रमणमुक्त हुनेको दर उच्च, घट्दो क्रममा संक्रमण !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ भने एन्टिजेन विधिबाट ८६ हजार ००६ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ७६७ जनाको पिसिआर परीक्षण तथा ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ३४७ तथा एन्टिजेनबाट २९३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ९० हजार ५९९ जना पुगेको छ । हालसम्म ७ लाख ३३  हजार १६१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १६१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २९ हजार ४७९ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ८८९  पुगेको छ।

प्रकाशित : बुधबार, भदौ २३, २०७८१७:०७

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध !