“यो सिजन रोनाल्डोलाई लुकाकुले नमाज्जाले पच्छार्छन्, हेरिराख्नुस”

टकस्पोर्ट पंडित ड्यारेन बेन्टलाई विश्वास रहेको छ कि चेल्सीका रोमेलु लुकाकुले यस सिजन म्यानचेस्टर युनाइटेडको नयाँ अनुबन्ध क्रिस्टियानो रोनाल्डो भन्दा धेरै गोल गर्नेछन्।

पूर्व इंग्ल्याण्ड खेलाडी बेन्टका अनुसार आक्रमण पङ्क्तिमा म्यानचेस्टर युनाइटेडको गहिराईको कारण ओल्ड ट्राफर्डमा यो सिजन गोल बाडिनेछ तर चेल्सीको हिसाबमा भने क्लबको धेरै जसो गोल लुकाकुले गर्नेछन्। यस सिजन रोनाल्डो र लुकाकु बीच कसले धेरै गोल गर्छ भन्ने लाग्छ भन्ने प्रश्नमा उनले भने,”यो सिजनका लागि मलाई लाग्छ, लुकाकु। यदि तपाईं चेल्सीमा कसरी गोल आउँछ भन्ने लाग्छ भने मलाई लाग्छ लुकाकुले धेरै गोल गर्छन्।”

म्यानचेस्टरको खण्डमा भने केहि गोल रोनाल्डो, केहि गोल ग्रिनवुड, केहि गोल फर्नान्डेजबाट आउने भन्दै पूर्व एस्टन भिल्ला तथा टोटनह्याम स्टारले भने,”हामीलाई थाहा छ रोनाल्डो कति उत्कृष्ट छन्। तर म्यानचेस्टरमा ग्रिनवुडले केहि गोल गर्छन्, केहि गोल फर्नान्डेजबाट आउँछ, र्यासफर्डबाट आउँछ र काभानीले पनि केहि गोल गर्छन्। त्यसैले, चोटिल भएनन् भने लुकाकु।”

त्यस्तै, म्यानचेस्टरमा रोनाल्डोले सबै खेल खेल्न पनि नपाउन सक्ने कुरामा जोड दिँदै लुकाकुले भने चेल्सीका लागि हरेक खेल खेल्नैका लागि क्लबले उनलाई अनुबन्ध गरेको बेन्टको बुझाई रहेको छ। यसै सिजन चेल्सी फर्किएका लुकाकुले चेल्सीका लागि डेब्यु खेल खेलिसकेका छन् र गोल पनि गरिसकेका छन्। तर ट्रान्सफर विन्डोको अन्तिम समयमा म्यानचेस्टर फर्किएका रोनाल्डोले भने क्लबका लागि डेब्यु गर्न बाँकी नै रहेको छ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१२:२१

“मेस्सी-रोनाल्डो-नेयमार गएर बाल छैन, हामीसँग भिनिसियस जुनियर छन्”- लालिगा अध्यक्ष