टीकटकमार्फत अपराध बढ्दै, यस्तो-यस्तो सम्म हुन थाल्यो !

काठमाडौं । चचित टीकटक स्टार स्मारिका ढकालले केही साताअघि श्रीमान्सँग डिभोर्स गरेको खबर सार्वजनिक भयो । त्यससँगै उनमाथि अनेक नकारात्मक टिका–टिप्पणीहरू हुन थाले । टीकटकमा चर्चित भएकै कारण श्रीमान्लाई छोडेकोजस्ता थुप्रै आरोपहरू उनले खेपिन् ।

आपत्तिजनक गालीगलौज गर्नेदेखि फोटो बिगारेर चरित्र ह-त्याको प्रयाससमेत भएपछि उनले प्रहरीमा उजुरी गर्ने चेतावनीसमेत दिएकी छन् ।
टीकटकमा केही दिन अमृता तामाङले आफ्नै नामको अकाउन्टमा आफ्नो फोटो अपचिरित युवकसँग जोडिएको देखिन् । उक्त फोटोको क्याप्सनमा आफूले ती युवकसँग भागेर विवाह गरेको लेखिएको थियो । दुई छोरीकी आमा अमृतालाई यो फोटोले निकै अप्ठ्यारोमा पार्यो ।

अमृताले मनोरञ्जनका लागि टीकटक त खोलेकी थिइन् । तर, उनकै नाममा खोलिएको यो अकाउन्ट भने नक्कली थियो । यो पोष्ट आएपछि विदेशमा बसेका श्रीमान्ले समेत उनलाई विभिन्न प्रश्न गरेर मानसिक तनाव दिन थाले । आफन्तले समेत फोन गरेर टर्चर दिएको उनी बताउँछिन् । अन्ततः उनले आफ्नो तस्बिर दुरुपयोग गरर चरित्रह-त्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् । यी दुई प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय नेपालको युवापुस्तामा टीकटक जति लोकप्रिय बनेको छ, त्यति नै यसले समस्याहरू पनि सिर्जना गरिरहेको छ । टीकटकमार्फत धेरैले गाली बेइज्जती सहनुपरेको छ ।

विद्यालय बन्द हुँदा धेरै बालबालिका टीकटकमा समय बिताउँछन् । यही मौकाको फाइदा उठाएर बालबालिकामाथि दुव्र्यवहार गर्ने, चरित्रह-त्या गर्ने घटना पनि बढेको साइबर ब्यूरोले बताएको छ । युवायुवतीहरूको चरित्रह-त्या गरिएको भनेर प्रहरीमा उजुरी दर्ता हुने क्रम बढेको छ ।
केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा आफनो चरित्रह-त्या गर्न खोजिएको भन्दै उजुरी गर्नेको चाप बढी थियो । अहिले त्यो चाप टीकटकतिर सरेको प्रहरी अधिकारी बताउँछन् । खासगरी लकडाउनपछि टीकटकको प्रयोगकर्ता हवात्तै बढेका छन् । त्यससँगै यसको दुरुपयोग पनि बढेको छ । टीकटककै केहीको हातमा हतकडी लागेको छ भने कोही आत्मह-त्या गर्ने अवस्थामा समेत पुगेका छन् ।

साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रह-त्या गरेको भन्दै ३ हजार ४५१ वटा उजुरी परेका थिए । यस्तै टीकटकमा चरित्रह-त्या गरेको भन्दै ७० वटा उजुरी परेका थिए । यस आर्थिक वर्षको साउन महिनामा मात्रै फेकबुकको कारण ३३८ वटा र टीकटकका कारण १५ वटा उजुरी परेका छन् । ब्यूरोका अनुसार पछिल्लो समय फेकबुकसगँसँगै टीकटकको उजुरी लिएर आउनेहरूको संख्या बढेको छ ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८०९:२१

गठवन्धनलाई गलपासो बन्दै एमसीसी, परिस्थिती झनै जटिल !