काठमाडौँ – नेपालमा अहिले भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखामा अनुसार मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक समेत रहेको छ। यी दुई अवस्थाका कारण देशभर आँशिक देखि सामान्य वदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना राहेको महाशाखाले जनाएको छ। शनिबार राति भने देशभर सामान्य बदली रहेपनि केही स्थानहरुमा मात्रै हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्न सक्छ भने शनिबार राति केही स्थानहरुमा मात्रै हल्का देखि मध्यम वर्षा हुनेछ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र २५ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २६ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २६ गते (आईतबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।