अर्जेन्टिनी कप्तान लियोनल मेस्सी हाल अन्तराष्ट्रिय स्तरमा दोस्रो सबैभन्दा बढी गोल गर्ने सक्रिय खेलाडी हुन्। उनी अब आफ्ना चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो भन्दा पछाडी रहेका छन्। रोनाल्डो १११ गोलका साथ अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।
शुक्रबार बोलिभिया विरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सी दक्षिण अमेरिका महादेशमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। खेल सुरु हुनुअघि ७६ गोल गरेका मेस्सी पेलेको ७७ गोलको रेकर्ड भन्दा एक गोल पछि रहेका थिए। तर उक्त खेलमा ह्याट्रिक गरेसँगै मेस्सीले पेलेको रेकर्ड तोड्नुका साथै दोस्रो सबैभन्दा बढी गोल गर्ने सक्रिय खेलाडी समेत बनेका हुन्।
दुई महिना अगाडी मात्र करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जितेका मेस्सीले आफूले गरेको ७९ गोल मध्ये सबैभन्दा बढी गोल बोलिभिया विरुद्ध ८ गोल गरेका छन्। त्यस्तै, इक्वेडर विरुद्ध ६ गोल गरेका ३४ वर्षीय स्ट्राइकरले विश्व फुटबलका महारथी मानिएन ब्राजिल, उरुग्वेका साथै चिल्ली र पाराग्वे विरुद्ध ५-५ गोल गर्न सफल भएका छन्।
सन् २००६ मा क्रोएशिया विरुद्ध आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गरेका मेस्सीले निकै सुनौलो करियरमा ८ ह्याट्रिक गरेका छन्। यस्तोमा आज हामी ६ पटकका ब्यालुन डी ओर विजेताले गरेको ७९ गोलमा कुन राष्ट्र विरुद्ध कति गोल गरे भन्ने हेर्दैछौं….
मेस्सीले सबैभन्दा बढी अन्तराष्ट्रिय गोल कसको विरुद्ध गरेका छन् त ?
Opponent | Goals |
---|---|
Bolivia | 8 |
Ecuador | 6 |
Brazil | 5 |
Uruguay | 5 |
Chile | 5 |
Paraguay | 5 |
Venezuela | 4 |
Nigeria | 3 |
Haiti | 3 |
Panama | 3 |
Guatemala | 3 |
Switzerland | 3 |
Colombia | 3 |
Mexico | 3 |
Nicaragua | 2 |
Hong Kong | 2 |
Spain | 2 |
Algeria | 2 |
Croatia | 2 |
Bosnia and Herzegovina | 1 |
Serbia and Montenegro | 1 |
Germany | 1 |
France | 1 |
Portugal | 1 |
Albania | 1 |
Germany | 1 |
Slovenia | 1 |
Iran | 1 |
USA | 1 |