रोनाल्डो अनुबन्धमा यी दिग्गजको प्रतिक्रिया-“युनाइटेडलाई रोनाल्डोको कारण असर पर्छ”

युभेन्टसबाट गत महिना रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किए। जसको कारण पूरा विश्व मै रोनाल्डोको डेब्युलाई लिएर मानिस निकै उत्साहित भएका छन्। तर पूर्व लिभरपुल डिफेन्डरका जेमी क्यारागर अनुसार भने रेड डेभिलमा रोनाल्डोको आगमनले नकारात्मक असर पर्नसक्ने बताएका छन्।

“मैले यति धेरै म्यानचेस्टर युनाइटेड खेलाडीहरुलाई क्रिस्टियानो रोनाल्डो फर्किंदा खुसी भएको देखेको छु, त्यसैले यो उनीहरुको लागि एक ठूलो क्षण हो,” क्यारागरले भने। रोनाल्डो फुटबल जगत कै सर्वश्रेष्ठ मध्ये एक रहेका रोनाल्डो अनुबन्ध गर्नु म्यानचेस्टरका लागि निकै ठूलो रहेको बताउने क्यारागरका अनुसार क्लबमा उनको आगमनले नकारात्मक असर पर्ने सम्भावना रहेको पनि बताए।

रोनाल्डोको आगमनले म्यानचेस्टर युनाइटेडमा नकारात्मक असर पार्ला भन्ने प्रश्नमा उनले भने,”उनी फुटबल इतिहास कै सर्वोत्कृष्ट मध्ये एक खेलाडी हुन्। तर मलाई लाग्छ उनको कारण म्यानचेस्टर युनाइटेडमा नकारात्मक असर पर्नेछ।”

तर म्यानचेस्टर युनाइटेडका दिग्गज पिटर स्माइकल भने लिभरपुलका पूर्व स्टारसँग असहमत छन्। रोनाल्डोलाई यो सिजनको मार्की खेलाडीको संज्ञा दिँदै पूर्व युनाइटेड गोलकिपरले भने,”मलाई लाग्छ यो एक मार्की साइनिङ हो। यो हामीले पछिल्लो १० वर्षमा गरेको सबैभन्दा उत्कृष्ट अनुबन्ध हो।”

पोर्चुगिज कप्तान रोनाल्डो इटालियन क्लब युभेन्टसबाट २० मिलियनमा पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएका हुन्। ५ पटकका ब्यालुन डी ओर विजेताले रेड डेभिलसँग २०२३ सम्मको सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१५:४६

आँसुका धारा बगाउँदै दर्शक माँझ कोपा अमेरिका कपसँग रमाएका मेस्सी [भिडियो सहित]