एमालेलाई पेलेरै अगाडी बढे सभामुख, बजेटसम्बन्धी तीन विधेयक पारित !

काठमाडौँ – बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएका हुन्।

शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे। तीन विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको थियो।

एमालेको अवरोध

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नारावाजी गरेको छ। प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरेका हुन्।

प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भएपछि १५ मिनेट स्थगित गरेर पुनः शुरु भएको बैठकमा पनि नाराबाजी चलिरह्यो। नाराबाजी चलेपनि सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच बैठक अघि बढाए।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१४:४९

अब दीर्घ रोगीलाई छुट्टै भत्ता ! कति ?