आफूलाई मोटे भन्नेलाई लक्षित गर्दै नेयमारले भने-“मोटेले त राम्रो पो खेल्यो त”

ब्राजिलियन सुपरस्टार नेयमारले आफ्ना आलोचकलाई कडा जवाफ दिएका छन्। केहि समय अगाडी मात्र पीएसजी स्टार मोटाएको भन्दै उनको खुब मजाक उडेको थियो। गत सिजनको अन्त्यसँगै बिदा मनाइरहेको समयमा २९ वर्षीय स्ट्राइकरको सामान्य भन्दा केहि पेट लागेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त फोटोका कारण नेयमार र तत्कालिन फ्री-एजेन्ट लियोनल मेस्सीको तुलना समेत भएको थियो। ३४ वर्षको उमेरमा पनि निकै फिट रहेको मेस्सी र मोटाएका नेयमार भन्दै ब्राजिलियन स्टारको खुब आलोचना भएको थियो। जसपछि उक्त घटनालाई प्रतिक्रिया जनाउँदै नेयमारले केहि दिन अगाडी मात्र आफ्नो जर्सी ठूलो आकारको भएकोले त्यस्तो देखिएको पनि बताएका थिए।

 

जसपछि पुन: मजाकका पात्र बनेका नेयमारले शुक्रबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना आलोचकलाई हास्यास्पद रूपमा जवाक फर्काएका छन्। उनले आफूलाई मोटो भन्नेलाई लक्षित गर्दै मोटेले त राम्रो खेल्यो त भन्दै आफ्नो फिट फोटो साझा गरेका छन्। उनले शुक्रबार पेरु विरुद्धको खेलको एक तस्बीर साझा गर्दै लेखे,”चबी(मोटो), गुड बलर।” पीएसजी स्टारले आफ्नो क्याप्सनको अन्तिममा हाँसेको एमोजी पनि राखेको कारण यो प्रष्ट हुन्छ उनले आफ्ना आलोचकलाई जिस्काउँदै यो पोस्ट गरेका हुन्।

 

View this post on Instagram

 

A post shared by NJ 10 🇧🇷 (@neymarjr)

शुक्रबार विश्वकप छनौट खेलमा पेरु विरुद्ध गरेको गोलसँगै २९ वर्षीय स्टार १२ गोलका साथ ब्राजिलका लागि विश्वकप छनौट चरणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१९:१३

नेपालको जितमा सन्दीपको विश्व कीर्तिमान, प्लेयर अफ द म्याचको उपाधि !