९५ प्रतिशत संक्रमित कोरोनामुक्त भए, २४ घण्टामा १६६० निको भए !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७५ हजार ५४८ पुगेको छ भने एन्टिजेन विधिबाट ८६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ५४९ जनाको पिसिआर परीक्षण तथा २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ९६१ तथा एन्टिजेनबाट १८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४० लाख ०८ हजार ०४६ जना पुगेको छ । हालसम्म ७ लाख ३६ हजार ६६६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ९५८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २१  जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ९२४  पुगेको छ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१६:४८

सभामुखको टाउकोमै माइक हान्ने प्रयास गर्ने सांसद के भन्छिन् ?