आफूलाई सम्मान गर्न नेयमारको आग्रह, आफूले जे गरे पनि सुख नपाएको गुनासो !

पेरिस सेन्ट जर्मेन सुपरस्टार नेयमार निकट भविष्यमा ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने पक्का जस्तै छ तर पनि मानिसले उनलाई योग्य सम्मान नदिएको ब्राजिलियन स्टार महशुस गर्छन्। नेयमारले शुक्रबार पेरुविरुद्ध राष्ट्रिय टिमको कीर्तिमान तोडेपछि ब्राजिलियनहरुबाट सम्मानको माग गरेका छन्।

शुक्रबार विश्वकप छनौट खेलमा पेरु विरुद्ध गरेको गोलसँगै २९ वर्षीय स्टार १२ गोलका साथ ब्राजिलका लागि विश्वकप छनौट चरणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। ब्राजिलका लागि बनाएको कीर्तिमानको बाबजुद पेरिस सेन्ट जर्मेन स्टारलाई लाग्छ कि उनले आफू योग्य रहेको सम्मान पाएको छैनन्। ब्राजिलियन स्टारले आफूले सम्मान कमाउनका लागि के गर्नु पर्ने पनि नबुझेको बताएका छन्।

टिभी ग्लोभोलाई नेयमारलाई भने,”जाहिर छ, टोली सबैभन्दा महत्त्वपूर्ण छ। म विश्वकप छनौट चरणमा ब्राजिलको उच्चकर्ता तथा उच्च असिस्ट प्रदान गर्दा खुसी छु। सम्भव भएमा छिट्टै पेलेको रेकर्ड तोड्दै ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न चाहन्छु। मलाई थाहा छैन कि मैले सम्मान प्राप्त गर्न के गर्नुपर्छ। यो सामान्य हो, लामो समय भएको छ। रिपोर्टर, कमेन्टेटर, अरु पनि।”

पछिल्लो समय नेयमार मोटाएको भन्दै उनको आलोचना भएको थियो। जसमा प्रतिक्रिया दिँदै आफू मोटाएको नभएर जर्सी ठूलो भएको कारण अर्कोपल्ट आफूले मध्यन आकारको जर्सी मगाउने बताएका थिए।

प्रकाशित : शनिबार, भदौ २६, २०७८१२:१४

मेस्सीका यी सफलता जसले उनी ‘गोट’ हुन् भनेर प्रमाणित गर्छ !