असोज १ गते सम्म कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

आइतबार र सोमबार त्यति राम्रा छैनन् । बाँकी दिन भने प्रशस्त सुध्रिएका देखिन्छन् । खर्चको मात्रा त्यति नघटे पनि गरेको काममा सफलता मिल्ला र मन प्रसन्न होला । व्यवसायसम्बन्धी काममा सानातिना बाधा आइरहनेछन् । यसलाई निराकरण गर्न नारायणको दर्शन गर्नुहोस् ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

सुध्रिएको साता छ । पूर्वाद्र्ध राम्रो खालको देखिन्छ । गरेको काममा सफलता मिल्नुका साथै सम्मान प्रतिष्ठामा आएको ह्रास पनि घट्दै जाला । मित्रको सहयोग सोचेको जस्तो पाइन्न । पछाडि बसेर तपाईंले गरेको काममा बाधा हाल्ने धेरै छन् ।

मिथुन (का कि कु घ ङ छ के को हा)

सातालाई राम्रो खालको भन्नुपर्छ । गरेका काममा सफलता नै धेरै मिल्नेछ । काम गर्ने जोश कत्ति पनि हराएको छैन । व्यावसायिक कामबाट मनग्गे लाभ हुनेछ । पढाइ र लेखाइमा सामान्य प्रगति होला । जागिरतिरबाट भने त्यति सन्तुष्टि देखिन्न ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

शनिबारको दिनमा स्वास्थ्यसम्बन्धी समस्या आएर मन खिन्न होला । आइतबारदेखि त्यसमा सुधार हुनेछ । अलिकति खर्च गरेपछि आँटेका काम पनि बन्नेछन् । साहस कत्ति पनि घटेको छैन । बाधा दिनेहरू भए पनि हाल तिनीहरूको पराजय नै हुने देखिन्छ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

सोमबार र मङ्गलबार त्यति राम्रा छैनन् । स्वास्थ्यमा गडबडी होला । बाँकी दिन भने सामान्य खालका छन् । खर्चमा नियन्त्रण आउन गाह्रो छ । व्यावसायिक कामबाट केही फाइदा नै लिन सक्नुहुनेछ । कूटनीतिक प्रतिभा भने त्यति देखिन्न । गणेशको दर्शन गरिरहनुहोस् ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

पूर्वाद्र्ध राम्रो खालको छ । गरेका काममा सफलता मिल्ला तर मङ्गलबारदेखिका दिनहरू त्यति राम्रा देखिन्नन् । मानसिक र भौतिक दुइटै समस्यासित जुध्नुपर्नेछ । आर्थिक स्थिति त्यति सप्रने देखिन्न । अनेकौँ परिबन्ध परेर सञ्चित धनमा क्षति होला ।

तुला (रा रि रु रे रो ता ती तू ते)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुका दिनमा भोजभतेरहरू पर्नुका साथै इष्टमित्रसँग भेटघाट भइरहला । नजिकका नातेदारभन्दा टाढाका मित्रबाट विशेष सहयोग पाउनुहुनेछ । बिहीबारसम्म केही न केही आर्थिक लाभ भए पनि शुक्रबारको दिनमा बढी खर्च होला ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

शनिबारको दिनमा ज्यादै खर्च गर्नुपर्नाले मन खिन्न होला । आफ्नै खर्चले भोजभतेरहरू गर्नुपर्नेछ । काम बनाउनका लागि मित्र सत्कारको बढी आवश्यकता देखा पर्छ । साताको अन्त्यतिर त्यसको राम्रो परिणति पनि देख्न पाउनुहुनेछ । भगवतीको आराधना गरिरहनुहोस् ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

शनिबारको दिनमा सामान्य किसिमको लाभ गर्नसके पनि आइतबार र सोमबार भने मनग्गे खर्च हुनेछ । सही काममा भन्दा पनि फस्याङफुसुङ काममा बढी खर्च गर्नुपर्नाले मन त्यति खुसी हुने छैन । पढाइमा लगाएको श्रम खेर जाने छैन । व्यावसायिक कामबाट राम्रो लाभ होला ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

पहिलेको जस्तो समस्याग्रस्त समय छैन । बाधा र सङ्कट बिस्तारै घटेर जानेछन् । बौद्धिक क्षमता पनि पहिलेको तुलनामा सप्रिएर आएको छ । नेतृत्व शक्तिमा विकास होला । गणेशको आराधना गरिरहनाले विपक्षीमाथि विजय नै पाउनुहुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नेतिर मनको प्रवृत्ति जाला भने गरेको काम सफल पनि हुनेछ । आर्थिक स्थिति राम्रो खालको छ । व्यावसायिक कामबाट मनग्गे लाभ होला । नोकरीतिरबाट भने पूर्ण सन्तुष्टि हुने बेला छैन ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

शनिबारको दिनमा मनलाई खिन्न पार्ने खालको कुनै घटना हुनसक्छ । त्यसलाई निराकरण गर्न बिहानै शिवजीको दर्शन गर्नुहोस् । आइतबारदेखिका बाँकी दिन राम्रा खालका छन् । हातले समातेको व्यवसायबाट धेरै नभए पनि केही न केही लाभ गर्नुहुनेछ ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, भदौ २६, २०७८०९:०६

आज ऋषि पञ्चमी, यस्तो खास उपाय गर्दा मिल्नेछ अपार धन लाभ !