आर्सनलका पूर्व मिडफिल्डर स्टीवर्ट रोबसनले म्यानचेस्टर युनाइटेड स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा हुँदा अन्य फरवार्डसँग राम्रो संयोजन नगरेको आरोप लगाएका छन्।
ईएसपीएनमा ग्याब र जुल्स शोमा बोल्दै, रोबसनले क्रिस्टियानो रोनाल्डोको अन्य फरवार्डसँग कामको नैतिकताको बारेमा प्रश्न गरे किनकि रोनाल्डो सधैं व्यक्तिगत खेल खेल्छन्। उक्त पोडकास्टमा रोबसनले भने,”उनी एक टिम प्लेयर हैनन्। जब उनी हिगुइनसँग खेल्थे। हिगुइन सधैं रोनाल्डोलाई गोल गर्न मद्दत गर्थे तर रोनाल्डोले हिगुइनलाई कहिल्यै हेर्दैन थिए। डिबाला र रोनाल्डोले कहिल्यै एक अर्कासँग वान-टु पास खेलेनन्।”
रोनाल्डोले सधैं आफ्नो बारेमा मात्र खेल्न चाहने आरोप लगाउँदै रोबसनले थपे,”गत सिजन इन्टर मिलानमा लुकाकु र मार्टिनेजले जस्तो एकसाथ खेलेका थिए। तर रोनाल्डोले अरु कोहि खेलाडी आफू जस्तो भएको देख्न सक्दैनन्, उनी व्यक्तिगत मात्र हुन चाहन्छन्।”
युभेन्टसबाट २ वर्षीय सम्झौतामा हस्ताक्षर गर्दै युनाइटेडसँग अनुबन्ध भएका रोनाल्डोको लगातार आलोचना गर्दै आएका छन् रोबसन। पूर्व गनर्स खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्डमा स्वार्थी खेल खेल्न सक्छन्, जुन म्यानचेस्टर युनाइटेड प्रशंसकहरु हेर्न चाहँदैनन्।