सलमान खानको ‘टाइगर ३’ को एक गीत भन्दा पनि कम लागतमा बनेका थिए यी चलचित्र !

बलिउडका भाइजानको नयाँ चलचित्र ‘टाइगर ३’ को सबै दर्शकलाई प्रतिक्षा रहेको छ। क था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि, मानिस सलमान र कट्रिना कैफलाई सँगै हेर्नको लागि धेरै उत्सुक छन्। हालै मात्र केहि खबरका अनुसार ‘टाइगर ३’ को एक गीतमा ३ करोडको लगात लागेको थुप्रै रिपोर्टहरु आएका छन्। सबैलाई थाहा नै छ कि सलमान खानको फिल्मको बजेट अवश्य नै धेरै उच्च रहन्छ। तर ३ करोडमा एउटा गीत ? यस्तोमा आज हामी यस्ता केहि चलचित्रको बारेमा बताउँछौं जसको बजेट ३ करोड वा सो भन्दा कम रहेको छ।

बम्बे बोयेज 

सायद तपाईंले यो फिल्म को नाम सुन्नुभएको छैन! तर यो १९९८ को सानदार कमेडी फिल्म हो जसमा राहुल बोस, नवीन एन्ड्रयूज र नसीरुद्दीन शाह अभिनित छन्। अचम्मको कुरा यो हो कि यस फिल्मको बजेट मात्र ७० लाख थियो।

भेजा फ्राई 

यो अद्भुत फिल्मको सम्पूर्ण बजेट १.५ करोड थियो। यसको दुई गुणा सलमान खानको फिल्मको गीतको लागत रहेको छ।

दो दुनी चार 

यो २०१० को फिल्म, जसले एक मध्यम वर्ग परिवारको जीवनलाई नजिकबाट दर्शाउँछ, अझै पनि धेरैको मनपर्ने फिल्म हो। ऋषि कपूर जस्तो सुपरस्टार अभिनित यस चलचित्रको लागत मात्र २ करोड रहेको थियो।

मिथ्या 

रजत कपूर द्वारा निर्देशित यस फिल्मको कुल बजेट २.२५ करोड थियो। यो २००८ को डार्क कमेडी फिल्ममा नसीरुद्दीन शाह र रणवीर शोरे जस्ता अद्भुत कलाकारहरु थिए।

रमन राघव 

सन् २०१६ मा रिलीज भएको यो फिल्म अनुराग कश्यपले ३ करोडको बजेटमा बनाएका थिए। यस चलचित्र मार्फत नवाजुद्दीन सिद्दीकीले आफ्नो उत्कृष्ट अभिनयले दर्शकहरुलाई चकित पारे।

बी.ए पास 

अजय बहल द्वारा निर्देशित यो फिल्म ‘द रेलवे आंटी’ नामक हिन्दी लघुकथामा आधारित थियो। शिल्पा शुक्ला स्टारर यस फिल्मको बजेट ३ करोड थियो।

प्रकाशित : शनिबार, भदौ २६, २०७८१३:५८

टोनी कक्करको गीत सुन्नु भन्दा विष खान्छु भनेपछि …