काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७६ हजार ३२५ पुगेको छ भने एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा संक्रमण पुष्टि भएको छ।
थप ६ हजार १३७ जनाको पिसिआर परीक्षण तथा ३ हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ७७७ तथा एन्टिजेनबाट २१७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४० लाख १४ हजार १८३ जना पुगेको छ । हालसम्म ७ लाख ३८ हजार ०३४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १२ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ९३६ पुगेको छ।