घट्यो सुनको मूल्य, ३० दिन यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गएको हप्ता सामान्य घटबढ भएको सुनको मूल्य नेपाली बजारमा यस हप्ताको पहिलो दिन नै घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ ​सय रुपैंयाँले नै घटेको छ। यससँगै तेजाबी सुनको मूल्य ८९ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

सुन ३० दिन यताकै सस्तो

नेपाली बजारमा आज सुन लगभग महिना दिन यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन साउन २९ गते यताकै सस्तो रहेको छ। त्यस दिन छापावाला सुन ८९ हजार ७ सय र तेजाबी सुन ८९ हजार २ सय ५० रुपैंयाँमा कारोबार भएको थियो। त्यस दिन पछि सुनको मूल्य आजको विन्दुमा कहिले पनि पुगेको थिएन।

चाँदीको मूल्य

आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु २०
ले घटेर ११ सय ९५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, भदौ २७, २०७८११:१५

लण्डन छाडेर आएका ‘लाहुरे’को समाजसेवा !