एजेन्सी – सन् २०२१ को अन्त्य तिर अगाडी बढ्दै गर्दा क्लब फुटबलको माहोल तातिदै गएको छ। विश्वका सबै जस्तो लिगहरु शुरु भइसकेका छन्। सर्वाधिक चर्चामा रहने युरोपका लिगहरु पनि नियमित अगाडी बढिरहेको अवस्था छ।
सन् २०२१ को ९ औं महिना सेप्टेम्बर सम्म आइपुग्दा केहि खेलाडीहरु वर्षको सर्वाधिक गोलकर्ता बन्ने होडमा छन्। २०२१ को शीर्ष गोलकर्ताको सूचीको शिर्ष स्थानमा बायर्न म्युनिख र पोल्याण्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की छन्। यस वर्ष उनले ४५ गोल गरिसकेका छन्। नयाँ सिजन शुरु भएयता मात्रै उनले ६ गोल गरिसकेका छन्।
यस वर्ष सर्वाधिक गोल गर्ने दोस्रो खेलाडीमा बोरुसिया डर्टमुन्डका नर्वेली युवा स्टार एर्लिङ्ग हालाण्ड रहेका छन्। उनले यस वर्ष अहिले सम्म देश र क्लबको लागि ३८ गोल गरिसकेका छन्।
सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार लियोनेल मेस्सी रहेका छन्। यस वर्ष उनले ३६ गोल गरिसकेका छन्। पूर्व क्लब बार्सिलोना र अर्जेन्टिनाको तर्फबाट उनले यस वर्ष कुल ३६ गोल गारेका हुन्। मेस्सीले नयाँ क्लबमा खाता खोल्न बाँकी नै छ।
अत्याधिक चर्चामा रहने अर्का युवा स्टार किलियन एम्बाप्पे सूचीमा चौंथो स्थानमा छन्। युरो कपमा एक गोल पनि गोल गर्न नसकेका उनले नयाँ सिजन शुरु भएपछि पिएसजीका लागि ३ गोल गरिसकेका छन्। यस वर्ष एम्बाप्पे ३३ गोल गर्न सफल भाए।
सूचीको पाँचौं स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छ। पूर्व क्लब युभेन्टस र पोर्चुगलका लागि उनले यस वर्ष २९ गोल गरे। रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि पनि दुई गोल गरे। यस हिसाबले रोनाल्डोले यस वर्ष कुल ३१ गोल गरे।