बृहस्पति र शनिको हुँदै मिलन, यी राशि रहनुस् सावधान !

एजेन्सी – ग्रहचक्रको सबै भन्दा ठूलो ग्रह बृहस्पतिले भाद्र शुक्लपक्ष अष्टमीको दिन राशि परिवर्तन गर्दैछ। ज्ञान, धार्मिक कार्य, दान, पुण्य, धन र बुद्धि लगायतको कारक मानिने बृहस्पतिले भदौ २९ गते राशि परिवर्तन गर्न लागेको हो। सो दिन बृहस्पति दिउँसोको २ बजेर ४९ मिनेट पश्चात मकर राशिमा फिर्ता हुनेछ। हाल कुम्भ राशिमा रहेको बृहस्पति वक्री भएर सोहि अवस्थामा आउने कार्तिक १ गते सम्म सो अवस्थामा रहनेछ।

मकर राशिमा पहिला देखि नै शनि ग्रहको उपस्थित छ। बृहस्पतिले राशि परिवर्तन गरेसँगै मकरमा बृहस्पति र शनि ग्रहको मिलन हुनेछ। शनि पनि मकरमा वक्री अवस्थामा छ। दुवै ग्रह वक्री अवस्थामा हुँदा सबै राशिमा ठूलो प्रभाव पर्नेछ। जसमा केहि राशिहरुले ठूलै समस्याको सामना गर्नुपर्ने अवस्था हुनेछ। ज्योतिषीहरुका अनुसार शनि र बृहस्पति एक हुँदा निम्न राशिहरु सावधान रहनुपर्नेछ।

मिथुन राशि

बृहस्पतिको राशि परिवर्तनले मिथुन राशि हुनेहरुको जागिरे जीवनमा धेरै नै नकारात्मक प्रभाव पार्नेछ। उच्च अधिकारीहरुसँगको सम्बन्ध बिग्रिनाले महत्वपूर्ण जिम्मेवारी देखि विमुख भइनेछ। व्यापारिक कार्य ठप्प हुनेछन्। आम्दानी घटेर जाँदा आर्थिक सङ्कट बढ्नेछ। परिवारका सदस्यहरुसँग मत भिन्नता रहनाले समस्या पैदा गर्नेछ। कार्यक्षेत्रमा विवादित स्थिति रहन सक्ला। सरकारी क्षेत्रबाट हस्तक्षेप हुन सकने देखिन्छ।

सिंह राशि

धर्यता नहुँदा महत्वपूर्ण कार्य बिग्रिन सक्ला। बोलि तथा व्यवहारमा नियन्त्रण गुमेको अवस्थामा ठूलै क्षति हुनेछ। बृहस्पतिको राशि परिवर्तनसँगै शत्रु सक्रिय भएर जानेछन्। सम्पत्ति सम्बन्धी विवाद हुनेछ। स्वास्थ्यमा पनि समस्या देखिन सक्ला। खान-पानमा विशेष ध्यान आवश्यक रहनेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण अवस्था रहन सक्ला। आफ्नै भनिएकाहरुबाट धोका नहोला भन्न सकिनन्। प्रेम जीवनमा समेत समस्या पैदा हुनेछन्।

वृश्चिक राशि

पराक्रम र साहसको कमी रहनेछ। साना-साना कुराले मनमा त्रास पैदा गर्नेछन्। सामान्य भन्दा सामान्य निर्णय लिने समयमा विलम्भ हुन सक्ला। अचानक खर्च बढ्नेछ। अनावश्यक कार्यमा धन र समय खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउन नसकिएला। दाजु-भाइ तथा दिदी–बहिनीसँगको सम्बन्धमा दरार आउनेछ। शिक्षाको क्षेत्रमा पनि असफलता मिल्न सक्ला।

मकर राशि

सामान्य कार्यका लागि पनि बढी दौडधुप गर्नुपर्नेछ। खान-पानमा ध्यान पुर्याउन नसक्द स्वास्थ्यमा समस्या देखा पर्नेछन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरुको उक्सावटमा निर्णय गर्नु घातक सावित हुनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्ला। गलत व्यक्तिको विश्वास गर्नाले धोका मिल्नेछ। सकेसम्म कानुनी झमेला देखि टाढै रहेको राम्रो हुनेछ।

प्रकाशित : आइतबार, भदौ २७, २०७८१९:११

यो हप्ता यी ४ राशिलाई धेरै शुभ ! कुन-कुन राशि ? हेर्नुहोस् !