काठमाडौँ, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्शनले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्शनले गत भदौ ८ गते आईपीओ निष्काशनका बोर्डमा निवेदन दिएको थियो।
यस कम्पनिले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । यस कम्पनीले आईपीओ निष्काशनका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका निष्काशन गर्न लागेको यस कम्पनिको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
चार मेगावाट बिजुली थपिँदै
जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ््याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो ।
उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।” विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो । कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको हो ।
रु ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ््याङ्दी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिने छ ।
आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ ।