काठमाडौँ, राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले यस वर्ष दशैंको लागि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्न लागेको हो। गत वर्ष कोरोना महामारीको कारण राष्ट्र बैंकले नोट वितरण (सटही) गरेको थिएन ।
यस वर्ष भने सर्वसाधारणले राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने भएका छन्। साथै सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका आफूलाई पायक पर्ने शाखाबाट सर्वसाधारणले ५, १०, २०, ५० र १०० अंकित दरका नोट सटही गर्न पाउने छन् ।
राष्ट्र बैंकबाट एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म मात्र नयाँ नोट पाउने छन्।