खाना खाएपछि ५ देखि १० गर्नुहोस् यस्तो योगासन, चट हुनेछ पाचन सम्बन्धि समस्या !

मानिसहरुमा प्राय: अपचको समस्या हुन्छ। यसको पछाडि धेरै कारणहरु हुन सक्छन्: धेरै फ्राइड र मसालेदार खाना, जंक फूड, अनियमित दिनचर्या आदि। यस बाहेक, धेरैजसो मानिसहरुको एउटा बानी हुन्छ कि उनीहरु खाना खाने बित्तिकै पल्टिने गर्छन्। जसको कारण खाना राम्रोसँग पच्दैन। यदि तपाईंको पनि पाचन सम्बन्धि समस्या छ भने खाना खाएपछि ५ देखि १० मिनेटका लागि एक यस्तो योगासन गर्नुहोस् जसले तपाईंको पाचन प्रणाली चुस्त बनाउन मद्दत गर्छ। जसको नाम वज्रासन हो। यो आसन गर्नाले पाचन शक्तिलाई बलियो बनाउनुका साथै अन्य थुप्रै लाभहरु पनि हुन्छन्। जान्नुहोस् कि यो कसरी गर्ने, यसको फाईदाहरुको बारेमा….

खाना खाएपछि गर्नुहोस् बज्रासन 

यो आसनले न केवल तपाईंको पाचन सुधार गर्दछ, तर तपाईंको शरीरलाई बलियो र स्थिर पनि बनाउँछ। यो एकमात्र आसन हो जसलाई खाना पछि पनि गर्न सकिन्छ। यो आसनले पाचन शक्ति बढाउन मद्दत गर्दछ। तपाईले ग्यास र कब्जियतको समस्याबाट राहत पाउनुहुन्छ। हरेक दिन केहि समयको लागि यो आसन गर्नाले तपाईंको काँध र मेरुदण्ड सीधा रहन्छ। यस बाहेक, खुट्टाको मांसपेशिहरु पनि बलियो हुन्छन्।

बज्रासन गर्ने तरिका 

  • सबैभन्दा पहिले, दुबै खुट्टा पछाडि झुकाउनुहोस् र घुँडा एक साथ अगाडि ल्याउनुहोस् र बस्नुहोस्।
  • तपाइँको खुट्टाको पातला बाहिरतिर हुनुपर्छ र दुई पैताला बीच एक सानो दूरी हुनुपर्छ। त्यस्तै, दुबै खुट्टाका औंलाहरु भित्री तर्फ हुनुपर्छ, औंलाहरु एक अर्काको आसपास हुनुपर्छ।
  • अब आफ्नो खुट्टामा यस्तो तरीकाले बस्नुहोस् कि तपाईंको नितम्ब तपाईंको दुई पैतालाको बीचमा रहोस्।
  • दुबै हात घुँडा भन्दा माथि राख्नुहोस् र ढाड सीधा हुनेगरी बस्नुहोस्।
  • केहि समयको लागि यो स्थितिमा बस्नुहोस् र गहिरो सास लिनुहोस्।
प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१७:१८

पेट सम्बन्धि समस्यालाई रामबाणको सुप, यसरी गर्नुहोस् सेवन !