गलत तथ्यांक देखाउँदै रोनाल्डोलाई मेस्सी भन्दा उत्कृष्ट देखाउने प्रयास [भिडियो सहित]

पूर्व रेड डेभिल डिफेन्डरले आफ्ना पूर्व टिममेट रोनाल्डोलाई फुटबल इतिहास कै सर्वश्रेष्ठको रूपमा वर्णन गरेका छन्। म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी ग्यारी नेभिलका अनुसार “क्रिस्टियानो रोनाल्डो सबै समयका महान खेलाडी” हुन्। पूर्व राइट-ब्याकले आफ्ना पूर्व ओल्ड ट्राफोर्ड सहकर्मीलाई प्रतिद्वन्द्वी लियोनल मेस्सीको तुलनामा उत्कृष्ट रहेको बताए।

नेभिलले स्काई स्पोर्टको एक कार्यक्रममा मेस्सी र रोनाल्डो दुबैको तथ्यांक देखाउँदै रोनाल्डो मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भएको बताएका छन्। तर अहिले उक्त भिडियोले अहिले निकै चर्चा पाइरहेको छ। यसको प्रमुख कारण भने उक्त भिडियोमा देखाइएको गलत तथ्यांक रहेको छ।  गत सोमबार मेस्सी र रोनाल्डोको तुलाना गर्दै उक्त कार्यक्रममा मेस्सी र रोनाल्डोको तथ्यांक देखाइएको थियो।

https://twitter.com/i/status/1437485805119885317

भिडियोमा देखिएको तथ्यांकमा प्रष्ट देख्न सकिन्छ कि मेस्सीको नाममा एक पनि अन्तराष्ट्रिय उपाधि देखाइएको छैन। गत जुलाईमा मात्र मेस्सीले आफ्नो करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जितेका हुन्। सन् १९९३ पछि अर्जन्टिनालाई पहिलो पटक प्रमुख उपाधि जिताउन मद्दत गरेका मेस्सीले कोपा अमेरिका २०२१ फाइनलमा ब्राजिललाई १-० ले हराउँदै पहिलो अन्तराष्ट्रिय उपाधि जितेका हुन्।

त्यस्तै, उक्त कार्यक्रममा देखाइएको तथ्यांक अनुसार मेस्सीको नाममा ३ च्याम्पियन्स लिग उपाधि रहेको छ। तर वास्तवमा मेस्सीले २००६,२००९, २०११ र २०१५ मा गरी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका छन्।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१३:००

पीएसजीको च्याम्पियन्स लिग टोलीमा मेस्सी-नेयमार दुबै: एम-एन-एम ट्रियो खेल्ने !