फिफा २२ मा मेस्सी सर्वश्रेष्ठ खेलाडी, रोनाल्डोलाई भने लेवान्डोस्कीले उछिने !

हामी फिफा २२ को आधिकारिक रिलीज मितिबाट मात्र १८ दिन टाढा छौं र ईए स्पोर्ट्सले शीर्ष २२ खेलाडी सार्वजनिक गरेको छ। प्रकाशकले एक पटक फेरी लियोनल मेस्सीलाई ९३ को रेटिंग सहित विश्वको उत्कृष्ट खेलाडीको दर्जा दिएका छन्। तर लामो समयपछि पहिलो पटक टप २ मा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो छैनन्।

पछिल्लो २ वर्ष निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका बार्यन म्युनिख स्टार रोबर्ट लेवान्डोस्की ९२ रेटिंगका साथ दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानमा रहेका ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोको ९१ रेटिंग रहेको छ। रोनाल्डोका साथै अन्य ४ स्टार ९१ रेटिंगका साथ संयुक्त तेस्रो स्थानमा रहेका छन्: किलियन एम्बाप्पे, नेयमार, केभिन डी ब्रुएन र जान ओब्लाक।

यस्तो छ पूरा सूची:- 

१. लियोनल मेस्सी  – पीएसजी  – ९३

२. रोबर्ट लेवान्डोस्की – बार्यन म्युनिख – ९२

३. क्रिस्टियानो रोनाल्डो – म्यानचेस्टर युनाइटेड – ९१

४. केभिन डी ब्रुएन – म्यानचेस्टर सिटी – ९१

५. किलियन एम्बाप्पे – पीएसजी – ९१

६. नेयमार – पीएसजी – ९१

७. जान ओब्लाक – एथलेटिको म्याड्रिड – ९१

८.  ह्यारी केन – टोटनह्याम – ९०

९. एन्गोलो कान्ते – चेल्सी – ९०

१०.  मानुएल नुएर – बार्यन म्युनिख – ९०

११. मार्क आन्द्रे टर स्टेगेन – ९०

१२. मोहम्मद सलाह – लिभरपुल – ८९

१३. जियानलुइजी डोनारुमा – पीएसजी – ८९

१४. केरिम बेन्जामा – रियल म्याड्रिड – ८९

१५.  भर्जिल भानडाइक – लिभरपुल – ८९

१६. जोसुवा किमिक – बार्यन म्युनिख – ८९

१७.  सन ह्युन मिंग – टोटनह्याम – ८९

१८.  एलिसन बेकर – लिभरपुल – ८९

१९.  थिबो कुर्टुवा – रियल म्याड्रिड – ८९

२०. क्यासेमिरो – रियल म्याड्रिड – ८९

२१. एडर्सन – म्यानचेस्टर सिटी – ८९

२२. साडियो माने – लिभरपुल – ८९

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१७:००

युनाइटेडका लागि च्याम्पियन्स लिगमा रोनाल्डोको डेब्यु आज, चल्ला त सुपरस्टारको जादू ?