अन्तराष्ट्रिय ब्रेकबाट फर्किएका दक्षिण अमेरिकी स्टारद्वय लियोनल मेस्सी र नेयमार पीएसजीको च्याम्पियन्स लिग स्क्वाडमा फर्किएका छन्। स्पेनिस क्लब बार्सिलोनाबाट यसै सिजन मात्र फ्रेन्च क्लबसँग अनुबन्ध भएका मेस्सीले अहिलेसम्म पनि क्लबका लागि पूरा खेल खेलेका छैनन्।
बुधबार राति क्लब ब्रुजसँग हुने च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलका लागि भने मेस्सी उपलब्ध भएका छन्। ३० अगस्टमा रेइम्स विरुद्ध ६५ मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गर्दै क्लबका लागि डेब्यु गरेका मेस्सी र नेयमर दुबै ११ सेप्टेम्बरमा क्लेरमोन्ट विरुद्धको खेलका लागि भने उपलब्ध थिएनन्।
यससँगै बुधबार राति पीएसजीका लागि मेस्सीले पूरा खेल खेल्ने पक्का जस्तै रहेको छ। त्यस्तै, २०१७ मा नेयमार बार्सिलोना छाडेर पीएसजी प्रस्थान गरेपछि पहिलो पटक मेस्सी र नेयमार एकसाथ खेल्नेछन्। फ्रेन्च क्लबले ब्रुज विरुद्धको खेलमा आफ्नो आक्रमण पङ्क्तिमा मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो उतार्न सक्छ। यी तीन स्टारले एकसाथ खेलेका छैनन्।
यस्तो छ क्लबले सार्वजनिक गरेको २२ सदसिय टोली
केलर नाभास
एकारफ हाकिमी
प्रेसनेल किम्पेमबे
मार्कीनियोस
किलियन एम्बाप्पे
लियोनार्दो पारेडेस
माउरो इकार्डी
नेयमार जुनियर
ड्यानीलो पेरेरा
जिनी विनालडम
एन्डर हेरेरा
अब्दौ डियालो
जुलियन ड्रयाक्सलर
थिलो खेहरर
नुनो मेन्डेस
डिना एबिम्बे
लियोनल मेस्सी
एल बिट्सीयाबु
टेड्डी एलोह
जियानलुइजी डोनारुमा
एलेकजान्द्रे लेटेलियर