पछिल्लो २४ घण्टामा १५६२ संक्रमित थपिए, १९ जनाको मृ-त्यु !

फाइल फोटो।

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ भने एन्टिजेन विधिबाट ८७ हजार ४१३ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार २६६ जनाको पिसिआर परीक्षण तथा ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार १८० तथा एन्टिजेनबाट ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४० लाख ४४  हजार ८५९ जना पुगेको छ । हालसम्म ७ लाख ४२ हजार ३०६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५८९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २६ हजार २०२ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १९ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ९८४  पुगेको छ।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१६:४६

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्न बाध्य भयौं : अध्यक्ष ओली