काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित रहुन्जेल संसद् अवरोध जारी रहने बताएका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
एमाले फुटाउने आपराधिक तरिकाले सरकारले दल फुटाउने अध्यादेश ल्याएको र एमाले फुटाउन सभामुख षडयन्त्रकारीको मतियार बनेको ओलीले आरोप लगाए।उनले भने, ‘एमाले फुटाउने आपराधिक मानसिकताले सरकारले दल फुटाउने अध्यादेश ल्यायो।यो काममा सभामुख षडयन्त्रकारीको मतियार बने।’ उनले सभामुखले तथस्ट भूमिका नखेली कुनै एउटा दलको कार्यकर्ताको व्यवहार गरिरहेको आरोप लगाए।
सभामुखले संसद् चलाउन नसकेर गैर सांसदलाई सभामा उपस्थित गराइरहेको टिप्पणी गरे।एमालेले कारबाही गरेका सांसदलाई सभामा राखेकाले एमालेले विरोध गरेको बताउँदै उनले गैरसांसद राखेर सभा चलाउने बलमिच्याइँविरुद्ध एमालेले निरन्तर संसद्मा विरोध गरिरहने स्पष्ट पारे।
उनले नेकपा एमालेलाई सरकाबाट हटाउने काम एमाले भित्रैबाट माधवकुमार नेपालले गरेको बताए। के आधारले माधव नेपाललाई भोट दिने भन्दै उनले १४ महिनापछि भए पनि निर्वाचन हुने र त्यतिबेलै नेपालले आफ्नो हैसियत देख्ने बताए।‘माधवकुमार नेपालले आगामी चुनावमा आफ्नो हैसियत देख्छन्,’ओलीले भने, ‘माधव नेपालले वडाध्यक्ष त के वडा सदस्य पनि जिददैन्।’ नेपालले कहिल्यै पनि पार्टी हितमा काम नगरेको ओलीको टिप्पणी छ।
माधवकुमार नेपालले पहिले नेतृत्व लिँदा पनि पार्टीको हितमा काम नगरेको उनले आरोप लगाए।माधव नेपालले नेतृत्व गर्दा दुई सय ४० सिटमध्ये ३३ सिटमा एमालेलाई झारेको, १६ वर्ष एमालेको नेतृत्व गरे पनि पार्टीको हितमा काम नगरेकै कारण असक्षम भएर पार्टीको महासचिव र प्रधानमन्त्रीबाट राजीनामा दिएको आरोप लगाए।उनले भने, ‘माधव नेपालले सधैं पार्टीलाई रसातलमै पुर्याउनभूमिका खेलेका कारण माधव नेपाल चोइटिएर जाँदैमा पार्टीलाई कुनै असर गर्दैन।’