“माओवादीलाई अब कसैले रोक्न सक्दैन, एक नम्बरको पार्टी बन्छ”

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सबै भन्दा ठूलो राजनीतिक दल बन्ने दावी गरेका छन्। बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आउँदो निर्वाचनपछि माओवादी केन्द्र देशकै ठूलो राजनीतिक दल बन्ने दावी गरेका हुन्।

आउने निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने प्रचण्डले दावी गरे। माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले संगठन संरचना र विचारलाई देशभर फैलाउन सकेको खण्डमा माओवादी एक नम्बरको पार्टी बन्ने प्रचण्डले बताए। त्यसक्रममा प्रचण्डले शान्ति प्रक्रियामा आउनेवित्तिकै एक नम्बरको पार्टी बनेको स्मरण समेत गरे।

प्रचण्डले भने,”संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ। शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।”

त्यस्तै प्रचण्डले कांग्रेस-माओवादी-एकीकृत समाजवादी, जसपा लगायतको गठबन्धनले पछि पनि सरकार बनाउने दावी गरे। निर्वाचन सम्म गठवन्धन बनाएर जान सकिए फेरी पनि गठवन्धनकै सरकार बन्ने उनको दावी छ।

“‘गठबन्धनलाई हामीले बचाउनुछ। गठबन्धनको तहबाट फेरि हामी दुई तिहाइकै सरकार बनाउनबाट बन्चित भएका छैनौं।”,उनले भने।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१२:२४

लाइसेन्स नहुँदा समस्या नै समस्या: ट्राफिक देख्दा टाप कस्नुपर्ने अवस्था !