एम्बाप्पे भर्सेस हालाण्ड: को उत्कृष्ट ? यसो भन्छ तथ्यांक ! तथ्यांक सहित]

एजेन्सी – युवा स्टारद्वय किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड फुटबल जगतमा तरंग पैदा गरिरहेका छन्। गएको केहि वर्ष देखि उनीहरुले जसरी प्रदर्शन गरिरहेका छन्, त्यसले पूरा विश्वको ध्यान तानिरहेको छ। युवा अवस्थामै उच्च तहको प्रदर्शन गरिरहेका एम्बाप्पे र हालाण्डलाई भविष्यको ठूला स्टारको रुपमा हेर्न थालिएको छ।

केहि व्यक्तिहरु एम्बाप्पे र हालाण्डलाई लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको ठाउँ लिन सक्ने खेलाडीको रुपमा पनि लिन्छन्। हुन त दुवैले अहिले सम्म त्यस्तै छनक पनि देखाइरहेका छन्। हालको अवस्थालाई हेर्दा ढुक्कसँग यो भन्न सकिन्छ कि एम्बाप्पे र हालाण्ड फुटबलका सुपरस्टार बन्दैछन्।

घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिग तथा अन्य प्रतिष्पर्धाहरुमा उच्च तहको प्रदर्शन गर्न थालेपछि अहिले दुई खेलाडी बीच तुलना पनि हुन थालेको छ। हालाण्ड र एम्बाप्पे मध्ये मध्ये को उत्कृष्ट यस्तो भन्छ तथ्यांक।

एम्बाप्पे भर्सेस हालाण्ड: क्लब गोल

Kylian Mbappe vs Erling Haaland: Club goals

Kylian Mbappe Seasons Erling Haaland
4 2015/16 0
26 2016/17 4
21 2017/18 12
39 2018/19 5
30 2019/20 44
42 2020/21 41
4 2021/22 9
166 Total 115

दुवै खेलाडीले सन् २०१५ं-१६ देखि व्यावसायिक करियर शुरु गरेका हुन्। त्यसबेला एम्बाप्पे फ्रेन्च लिग वान र हालाण्ड नर्वेजियन शीर्ष लिगमा खेल्थे। गएको सात वर्षमा एम्बाप्पेले १ सय ६६ गोल गरिसकेका छन् भने हालाण्डले १ सय १५ गोल गरिसकेका छन्। एम्बाप्पेले सबै भन्दा बढी गोल सन् २०२०-२१ को सिजनमा अगरेका थिए। त्यसक्रममा उनले पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि ४२ गोल गरेका थिए। त्यस्तै हालाण्डले भने सन् २०१९-२० को सिजनमा आफ्नो करियरकै बढी ४४ गोल गरेका थिए।

एम्बाप्पे भर्सेस हालाण्ड: क्लब असिस्ट

Kylian Mbappe vs Erling Haaland: Club assists

Kylian Mbappe Seasons Erling Haaland
3 2015/16 0
14 2016/17 1
15 2017/18 4
17 2018/19 1
18 2019/20 10
11 2020/21 12
3 2021/22 4
80 Total 32

क्लब असिस्टको मामलामा पनि हालाण्ड भन्दा एम्बाप्पे अगाडी देखिन्छन्। अहिले सम्म एम्बाप्पेले ८० असिस्ट दिसकेका छन् भने हलाण्डले ३२ असिस्ट मात्र दिएका छन्। सन् २०१९-२० को सिजनमा मात्रै एम्बाप्पेले १८ असिस्ट दिएका थिए। हालाण्डले भने २०२०-२१ को सिजनमा करियरकै बढी १२ असिस्ट दिएका थिए।

एम्बाप्पे भर्सेस हालाण्ड: अन्तर्राष्ट्रिय गोल र असिस्ट

Kylian Mbappe vs Erling Haaland: International goals and assists

Player Goals Assists Matches
Kylian Mbappe 17 16 49
Erling Haaland 12 1 15

एमबाप्पेले फ्रान्सका लागि २०१७ मा आफ्नो अन्तर्राष्ट्रिय फुटबल डेब्यु गरेका थिए। अहिले सम्म उनले फ्रान्सका लागि ४९ खेल खेलेका छन्। त्यसक्रममा उनले १७ गोल गर्दै १६ असिस्ट दिएका छन्। त्यस्तै हालाण्डले भने सन् २०१९ मा नर्वेका लागि अन्तर्राष्ट्रिय फुटबल डेब्यु गरेका थिए। १५ खेलमा उनले नर्वेका लागि १२ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्।

एम्बाप्पे भर्सेस हालाण्ड: क्लब ट्रफी

Kylian Mbappe vs Erling Haaland: Club trophies

Kylian Mbappe Trophies Erling Haaland
4 League titles 2
3 Cup competitions 2
Champions League

एम्बाप्पेले आफ्नो करियरमा चार लीग उपाधि र तीन प्रमुख नकआउट प्रतियोगिताहरु जितेको छन्। एम्बाप्पेले ४ लीग उपाधि मध्ये ३ पिएसजीबाट र एक मोनाकोबाट जितेका हुन्। त्यस्तै हालाण्डले भने दुई लीग उपाधि र दुई प्रमुख कप प्रतियोगिता जितेका छन्। हालान्डले जितेको दुवै लिगको उपाधि अस्ट्रियामा रेड बुल साल्जबर्गमा हुँदै जितेका हुन्।

एम्बाप्पे भर्सेस हालाण्ड: अन्तर्राष्ट्रिय ट्रफी

ylian Mbappe vs Erling Haaland: International trophies

Kylian Mbappe Seasons Erling Haaland
1 World Cup
Euro Cup
UEFA Nations League

एम्बाप्पे धेरै बलियो टीम फ्रान्सबाट खेल्छन्। एमबाप्पेले आफ्नो क्यारियरमा अहिलेसम्म प्रमुख अन्तर्राष्ट्रिय ट्रफी जितिसकेका छन्। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे पनि फ्रान्सको हिस्स थिए। हालाण्डले भने प्रमुख अन्तर्राष्ट्रिय ट्रफी जित्न बाँकी छ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८११:५४

चलेन कतारी तेल पैसाको जादू, निराशजनक बराबरी मै रोकियो एम-एन-एम वाला पीएसजी !