ग्रहचक्रमा सूर्य ग्रहको ठूलो परिवर्तन, यी ४ राशिका मानिस रहनुहोस् सावधान, कुन-कुन ?

कन्या संक्रान्ति यहि असोज १ गते शुक्रबारको दिन रहेको छ। हिन्दू धर्ममा संक्रान्ति पर्वको विशेष महत्व छ। यस दिन सूर्य भगवानको पूजा गरिन्छ। कन्या संक्रान्ति तिथि धार्मिक कार्यहरु जस्तै स्नान, दान आदि को लागि अत्यन्त लाभदायक मानिन्छ। पितृको आत्माको शान्तिको लागि पनि यस दिन पूजा आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा पनि गरिन्छ, जसको कारण यस तिथिको महत्व अझै बढ्छ। यस दिन पूरा विधि विधानका साथ पूजा आराधना गरिन्छ। ज्योतिषशास्त्रमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ त्यसलाई नै संक्रान्ति भनिन्छ। सूर्य ग्रहले हरेक महिना आफ्नो राशि परिवर्तन गर्दछ। यस प्रकार एक वर्षमा सूर्यले १२ पटक राशि परिवर्तन गर्दछ, जसको कारण वर्षमा १२ पटक संक्रान्ति आउँछ। यो अवधिमा ४ राशिका मानिस निकै सावधान रहनु पर्नेछ। यी राशि निम्न अनुसार रहेका छन्।

मेष राशि 

मेष राशिका मानिसहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुनसक्छ। यस अवधिमा दुश्मनहरुबाट सावधान रहनु पर्छ। कार्यक्षेत्रमा सहकर्मीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अनुकूल छैन। पारिवारिक कलह बाट बच्नु पर्नेछ।

मिथुन राशि 

यस अवधिमा तपाईंको सुखमा कमी आउन सक्छ। मनमा धेरै नकारात्मक बिचार आउनेछन्। परिवारको बारेमा सावधान रहनु आवश्यक छ। यस अवधिमा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। घरमा तनावको स्थिति उत्पन्न हुन सक्छ। सवारी दुर्घटनाको सम्भावना पनि छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्।

तुला राशि 

तुला राशिका मानिसहरुले यस अवधिमा आर्थिक नोक्सान भोग्न सक्छन्। आर्थिक लेन-देन गर्दा विशेष सावधानी अपनाउनुहोस्, अन्यथा नोक्सान हुनसक्छ। पैसा लगानी गर्दा विशेष सावधान रहनुहोस्। खर्चमा पनि अप्रत्याशित रूपमा वृद्धि हुनसक्छ। यस समयमा तपाईंको ऋण बढ्नेछ।

मकर राशि 

स्वास्थ्यको हिसाबले यो अवधि तपाईंको लागि राम्रो छैन। खानपानमा विशेष ध्यान दिनु पर्नेछ। पेट सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ। यस अवधिमा फ्राइड, मसलादार वा बाहिरी खाना नखानुहोस्। आवश्यक परेको खण्डमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१९:२१

विजया दशमीको तेस्रो दिनसम्म यी ५ राशिलाई मिल्नेछ माता दुर्गाको आशिर्वाद, कुन-कुन ?