माधव नेपाल माथि ओलीको टिप्पणी – ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो’

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको साथमा लाग्नेहरु बर्बाद हुने बताएका छन्। बुधबार राजधानीमा आयोजित काठमाडौ जिल्लाका नेता तथा कार्यकर्ता सम्बोधन गर्नेक्रममा ओलीले माधव नेपालको पछि लागेर समय बर्बाद गर्न नहुने बताएका हुन्।

नेकपा एमाले छाडेर माधव नेपालसँगै गएकाहरु प्रति लक्षित गर्दै ओलीले माधव नेपालको पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरे। माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको टिप्पणी गरे।

“माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्। माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।”,ओलीले भने।

माधव नेपाल सहितका नेताहरुलाई सडेका, बिग्रेका तत्वहरुको संज्ञा दिंदै ओलीले त्यस्ता तत्व पार्टीबाट बाहिरिएको खासै फरक नपर्ने बताए। माधव नेपाल सहितका नेताले एमाले छाड्दा पार्टीका कार्यकर्ताले बचाएको ओलीको भनाई छ।

ओलीले भने,”एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ।”,ओलीले भने। एमालेबाट गएपछि माधव नेपाल पार्टी प्रमुख र प्रधानमन्त्री भैसकेको भन्दै ओलीले अब माधव नेपालको जाने ठाउँ नरहेको ओलीले बताए।

“उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन।”,ओलीले भने।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१६:१३

नेप्सेमा पहिरो जाँदा पनि सकारात्मक सर्किट लागेको यो एक्लो कम्पनी, शेयर मूल्य बढेर यति पुग्यो !