कन्या संक्रान्ति यहि असोज १ गते शुक्रबारको दिन रहेको छ। हिन्दू धर्ममा संक्रान्ति पर्वको विशेष महत्व छ। यस दिन सूर्य भगवानको पूजा गरिन्छ। कन्या संक्रान्ति तिथि धार्मिक कार्यहरु जस्तै स्नान, दान आदि को लागि अत्यन्त लाभदायक मानिन्छ। पितृको आत्माको शान्तिको लागि पनि यस दिन पूजा आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा पनि गरिन्छ, जसको कारण यस तिथिको महत्व अझै बढ्छ। यस दिन पूरा विधि विधानका साथ पूजा आराधना गरिन्छ। ज्योतिषशास्त्रमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ त्यसलाई नै संक्रान्ति भनिन्छ। सूर्य ग्रहले हरेक महिना आफ्नो राशि परिवर्तन गर्दछ। यस प्रकार एक वर्षमा सूर्यले १२ पटक राशि परिवर्तन गर्दछ, जसको कारण वर्षमा १२ पटक संक्रान्ति आउँछ। यो अवधिमा ४ राशिका मानिस निकै सावधान रहनु पर्नेछ। यी राशि निम्न अनुसार रहेका छन्।
मेष राशि
मेष राशिका मानिसहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुनसक्छ। यस अवधिमा दुश्मनहरुबाट सावधान रहनु पर्छ। कार्यक्षेत्रमा सहकर्मीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अनुकूल छैन। पारिवारिक कलह बाट बच्नु पर्नेछ।
वृष राशि
तपाईंको लागि यो समय मिश्रित फलदायी रहनेछ। विद्यार्थी वर्गका लागि समय त्यति अनुकूल छैन। प्रेम सम्बन्धि मामिलामा उदासिनटा छाउनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। परिवारका वरिष्ठ सदस्यबाट भरपूर साथ सहयोग मिल्नेछ।
मिथुन राशि
यस अवधिमा तपाईंको सुखमा कमी आउन सक्छ। मनमा धेरै नकारात्मक बिचार आउनेछन्। परिवारको बारेमा सावधान रहनु आवश्यक छ। यस अवधिमा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। घरमा तनावको स्थिति उत्पन्न हुन सक्छ। सवारी दुर्घटनाको सम्भावना पनि छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्।
कर्कट राशि
यो समय निकै शुभ रहनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। तपाईंले गरेका कार्य र लिएको निर्णयको सराहना गरिनेछ। जिद्दीपन तथा क्रोधमा संयम राख्नु पर्ने देखिन्छ। धर्म-कर्ममा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा कुनै कार्यका लागि आवेदन लिन चाहनुहुन्छ भने समय अनुकूल रहेको छ।
सिंह राशि
तपाईंले यो समयमा अप्रत्याशित नतिजा प्राप्त गर्नुहुनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। लामो समयका लागि दिएको पैसा पनि फिर्ता आउने सम्भावना छ। पारिवारिक कलह बढ्न नदिनुहोस्। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा षड्यन्त्र हुनसक्छ, सजग रहनुहोला। वाहन सुख प्राप्त हुने संकेत छ।
कन्या राशि
विभिन्न सफलता हात लाग्नेछ। आफ्नो योजना तथा रणनीति गोप्य राखेर कार्य गर्नुहोस्, सफलता मिल्ने सम्भावना उच्च रहन्छ। रिस तथा जिद्दीपनमा संयम राख्नुहोस्। सरकारी क्षेत्रका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ, मनचाह सफलता मिल्ने देखिन्छ। विद्यार्थी वर्गको लागि पनि समय सुखद रहनेछ।
तुला राशि
तुला राशिका मानिसहरुले यस अवधिमा आर्थिक नोक्सान भोग्न सक्छन्। आर्थिक लेन-देन गर्दा विशेष सावधानी अपनाउनुहोस्, अन्यथा नोक्सान हुनसक्छ। पैसा लगानी गर्दा विशेष सावधान रहनुहोस्। खर्चमा पनि अप्रत्याशित रूपमा वृद्धि हुनसक्छ। यस समयमा तपाईंको ऋण बढ्नेछ।
वृश्चिक राशि
तपाईंको लागि यो समय शुभ रहनेछ। व्यापार-व्यवसायको क्षेत्रमा उत्कृष्ट सफलता मिल्ने पूरा सम्भावना रहेको छ। यो समयमा कसैलाई धेरै पैसा ऋण नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना रहन्छ। कुनै कार्य आरम्भ गर्न वा सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ।
धनु राशि
तपाईंको लागि यो समय कुनै वरदान भन्दा कम हुने छैन। जुन क्षेत्रमा हात हाल्नुहुन्छ, हरेक क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रबाट पनि सुखद सफलता मिल्ने सम्भावना उच्च रहेको छ। कुनै टेण्डरका लागि आवेदन दिनको लागि पनि समय अनुकूल रहनेछ। घर-जग्गा तथा गाडी किन्ने सपना पूरा होला।
मकर राशि
स्वास्थ्यको हिसाबले यो अवधि तपाईंको लागि राम्रो छैन। खानपानमा विशेष ध्यान दिनु पर्नेछ। पेट सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ। यस अवधिमा फ्राइड, मसलादार वा बाहिरी खाना नखानुहोस्। आवश्यक परेको खण्डमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्।
कुम्भ राशि
सामाजिक क्षेत्रमा तपाईं मान-सम्मान तथा पद-प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य राम्रो नै रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। विद्यार्थी वर्गका लागि यो समय सामान्य रहनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना देखिन्छ। खर्चको मात्रा पनि बढ्न सक्छ।
मीन राशि
सामाजिक क्षेत्रमा तपाईं मान-सम्मान बढ्नेछ। तपाईं सामाजिक कार्यमा बढी संलग्न हुनुहुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना छ। कुनै सरकारी टेण्डरमा आवेदन दिन चाहनुहुन्छ भने पनि यो समय अनुकूल रहेको छ।