देशभर कोरोना संक्रमणका कारण मृ-त्यु हुनेको सङ्ख्या ११ हजार पुग्यो !

फाइल फोटो।

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ भने एन्टिजेन विधिबाट ८८ हजार १८७ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ हजार २०८ जनाको पिसिआर परीक्षण तथा ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार १६५ तथा एन्टिजेनबाट ३४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४० लाख ६८ हजार ५९१ जना पुगेको छ । हालसम्म ७ लाख ४५ हजार २१५ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७७२ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ११  जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ००२  पुगेको छ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१७:०३

बढ्ने भयो इन्टरनेटको मूल्य, ग्रामिण क्षेत्रमा झनै महँगो हुने भयो !