“प्रचण्डलाई घाँस हालेर के दिन्छन्  ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे”

काठमाडौँ – पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो । झापा, रूपन्देही, काठमाडौंजस्ता जिल्लामा आयोजित भेला, बैठक, प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन् । युवा संघ र अन्य जनवर्गीय संगठनका पनि भेला, बैठक शुरु भएका छन् । केन्द्रीय नेताहरू देश्यव्यापी रूपमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।

बिहीबार सुवास नेम्वाङ उदयपुरको गाईघाट, भीम रावल कैलाली हुँदै अछाम, घनश्याम भुसाल रूपन्देही, योगेश भट्टराई पर्वत, सुरेन्द्र पाण्डे चितवन, पोखरा हुँदै बाग्लुङ पुगेका छन् । झिँगाको पछि लागेर फूलबारी पुगिँदैन, फोहोरको डंगुरमा पुगिन्छ, त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’ ओलीले भने । ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि क्रमशः हराउँदै गएको टिप्पणी गरे ।

नेकपा हुँदाका दाहाल र अहिलेका दाहाल भिन्न रहेको उनले बताए । ‘प्रचण्डरूपी त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ, अलिक पर जाँदा बिस्तारै देख्न छोडिन्छ,’ ओलीले भने । ओलीले दाहालतिर लागेका नेताकार्यकर्तालाई उनको घरेलु कार्यकर्ता नहुन सुझाव दिँदै भने, ‘ माओवादीका कार्यकर्ता कि प्रचण्डको सेवक ? त्यसकारण एमालेमा फर्कनुस् । हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं । तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८०६:३७

कांग्रेसमा गुटै-गुट गुटभित्र फुटै-फुट !