माधव नेपाललाई एमसीसीका कारण गठबन्धन फुट्ने चिन्ता !

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन फुटाउने प्रयास भएको बताएका छन्। शुक्रबार कथ्मनुद आलोकनगरस्थित केन्द्रीय कार्यालयको उद्घाटन गर्नेक्रममा नेपालले गठबन्धन फुटाउने प्रयास भइरहेको बताएका हुन्।

पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अगाडी सारेर गठबन्धन भत्काउन प्रयास भइरहेको बताए। गठबन्धनलाई कम्जोर पार्नको लागि एमसीसी अगाडी सारिएको उनको बुझाई छ।

अध्यक्ष नेपालले एमसीसीका बारेमा आफूहरु स्पष्ट रहेको पनि बताए। एमसीसी परियोजना यथास्थितिमा पारित गर्ने पक्षमा आफूहरु नरहेको नेपालको भनाई छ। एमसीसीका लागि विगतका मन्त्रीहरुले सीमा नाघेर गलत ठाउँमा हस्ताक्षर गरेको आरोप माधव नेपालले लगाए।

“एमसीसीका बारेमा हामी नेकपा एमालेमा छँदै तत्कालीन प्रधानमन्त्रीले आजै पास गर्ने, भोलि नै गर्ने भनेर त्यतिबेलाका परराष्ट्रमन्त्रीलाई गर्नै नहुने ठाउँमा हस्ताक्षर गराउनु भयो, उहाँकै अर्थमन्त्रीले विभिन्न हिसाबले एमसीसीका निम्ति सीमा नाघेर जानुभयो”,माधव नेपालले भने। एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त भए कुनै पनि हालतमा आफूहरु मान्य नहुने उनको भनाई छ।

उनले भने,”एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ कि छैन ? त्यस्तो शर्त हामीलाई मन्जुर छैन भनेका छौं। हामी कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त मान्य छैन।”

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१३:२२

केहि हप्ता भित्रै अग्रिम टिकट खुलाइने ! कहिले ?