रोनाल्डो युनाइटेड गएपछि ठूलो समस्यामा यी खेलाडी, बिरक्तिन सम्म बिरक्तिए !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको प्रभाव प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा देखिन थालिसकेको छ। युनाइटेडका लागि दुई खेल खेल्दै उनले तीन गोल गरिसकेका छन्। रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेका थिए। गएको केहि सिजन देखि कुनै उपाधि जित्न नसकेको युनाइटेडलाई रोनाल्डोको उपस्थितले कुनै न कुनै उपाधि मिल्ने धेरैले आशा गरेका छन्।

रोनाल्डोको फिर्तीलाई लिएर युनाइटेडका समर्थकहरु उत्साहित भएको अवस्था छ। रोनाल्डो आएपछि युनाइटेडका उच्च अधिकारीहरुपनि उत्साहित भएको बताइन्छ। तर बुल्गेरियाका पूर्व कप्तान तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभको भनाईलाई मान्ने हो भने रोनाल्डोको आगमनलाई लिएर युनाइटेडका केहि खेलाडीहरु खुशी छैनन्।

रोनाल्डोको आगमनले सबै भन्दा ठूलो समस्यामा एडिनसन काभानी परेको उनको दावी छ। उनका अनुसार क्लबका अन्य स्ट्राइकरहरु पनि रोनाल्डोको आगमन प्रति दुखि र चिन्तित भएपछि सबै भन्दा बेखुशी काभानी भएका छन्।

“काभानी सायद दुखि छन्। युनाइटेडमा उनको पहिलो सिजन धेरै राम्रो गएको थियो। सात नम्बर जर्सी गुमाउन बाध्य उनले अब धेरै कम मौका पाउनेछन्।”,बेर्बातोभ भन्छन्,”भन्ने नै हो भने रोनाल्डोले काभानी प्रथम टोलीमा पर्ने सम्भावनाको अन्त्य गरिदिएका छन्। रोनाल्डो हुँदा-हुँदै उनले मौका पाउने खासै देख्दिन म।”

रोनाल्डो आएपछि युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्क्सजायरको पनि चुनौती बढेको बेर्बातोभ बताउँछन्। अब टोलीमा कसलाई मौका दिने, कसलाई मौका नदिने, टोलीमा कसरी सन्तुलन बनाउने भन्ने कुराले ओलेको टाउको दुखाउने उनको भनाई छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१७:३८

कर्राघेरको नजरमा रोनाल्डोकौ स्तरमा सालाह, रोनाल्डो जत्तिकै उत्तरदायी भन्दै गरे प्रशंसा !