कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै बनाएको एक टिकटक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। गत वर्ष पनि परिक्षा दिँदै गरेको एक भिडियो चर्चामा आएको थियो।
हाल निकै चर्चामा आएको भिडियोमा देख्न सकिन्छ कि एक छात्राले राष्ट्रिय परिक्षा बोर्डको उत्तरपुस्तिका एका-एक पल्टाउँदै भिडियो बनाइरहेकी छिन्। कक्षा १२ को परिक्षा भदौ ३० गतेबाट सुरु भएको थियो।
परिक्षा दिने विद्यार्थीहरु परिक्षा हालभित्र मोबाइल लान नपाउने नियम भएता पनि उक्त भिडियो कसरी बनाइएको भन्ने बारे राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। “कहाँ र कसरी उक्त भिडियो बनाइयो हामी छानबिन गर्छौं,” उनले भने। भदौ ३० गतेबाट संचलानमा आएको कक्षा १२ को परिक्षा कोरोना महामारी सम्बन्धि सबै स्वास्थ्य मापदण्डहरु पालना गरेर आफ्नै कलेजमा लिइने व्यवस्था मिलाइएको थियो।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण दुई पटक स्थगित परिक्षा स्थगित भइसकेको थियो।