कर्राघेरको नजरमा रोनाल्डोकौ स्तरमा सालाह, रोनाल्डो जत्तिकै उत्तरदायी भन्दै गरे प्रशंसा !

एजेन्सी – लिभरपुल लेजेण्ड जेमी कर्राघेरले लिभरपुलका इजिप्टियन फरवार्ड मोहमद सालाह म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो जत्तिकै व्यावसायिक रहेको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कर्राघेरले सालह रोनाल्डो जत्तिकै व्यावसायिक र उत्तरदायी रहेको दावी गरेका हुन्।

सालाह रोनाल्डोले जस्तै आफ्नो शरीरको ख्याल राख्ने र फिटनेसको मामलामा रोनाल्डो जस्तै गम्भीर रहेको कर्राघेरले बताए। ३६ वर्षमा पनि उच्च प्रदर्शन गरिरहेका रोनाल्डो जस्तै सालाहसँग पनि धेरै वर्षहरु बाँकी रहेको उनको भनाई छ। २९ वर्षिय सालाहसँग अझै धेरै वर्ष बाँकी रहेको कर्राघेर बताउँछन्।

“स्ट्राइकरहरुको कुरा आउँदा प्राय हामी क्रिस्टियानो रोनाल्डोलाई हेर्छौं। उनी आफ्नो हेरचाह गर्ने सन्दर्भमा मेसिन नै हुन्।”,कर्राघेर भन्छन्,”मलाई लाग्छ सालाह पनि रोनाल्डो जत्तिकै व्यावसायिक र उत्तरदायी छन्। सालाह पनि रोनाल्डो जस्तै आफ्नो शरीरलाई लिएर गम्भीर छन्। सालाहसँग धेरै लामो फुटबल करियर छ भन्ने मलाई लाग्छ।”

त्यस्तै कर्राघेरले सालाह आफ्नो करियरको अन्त्य सम्म लिभरपुलमै बसे धेरै रेकर्डहरु तोड्ने र उनी लिभरपुलको सबै भन्दा उत्कृष्ट लेजेण्डको रुपमा स्थापित हुने पनि बताएका छन्। गएको कयौं वर्ष देखि घाइते नभएका सालाह लिभरपुलमा उच्च पारिश्रमिकको हकदार रहेको कर्राघेरको भनाई छ।

“उनी कहिल्यै घाइते भएका छैनन्। वर्ष पछि वर्ष उनी शिर्ष गोलकर्ता बनिरहेका छन्।”,कर्राघेरले भने,”पारिश्रमिकको कुरा गर्ने हो भने खेलाडी बढी चाहन्छन् र क्लब कम दिन चाहन्छ। तर सालाहले लिभरपुलका लागि जे गरेका छन् उनी उच्च पारिश्रमिकको हकदार छन्। सालाहलाई प्रिमियर लिगकै उच्च पारिश्रमिक दिएपनि फरक पर्दैन।”

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१८:४९

मेस्सी, नेयमार र एमबाप्पे बीच तालमेलको मिलेन !