“रोनाल्डो हुँदैमा युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिग जित्छ भन्नु बेकार”

एजेन्सी – लिभरपुल लेजेण्ड जेमी कर्राघेरले क्रिस्टियानो रोनाल्डोका कारण म्यानचेस्टर युनाइटेडमा समस्या पैदा हुन सक्ने बताएका छन्। एक पत्रिकाका लागि स्तम्भ लेख्दै उनले रोनाल्डोका कारण युनाइटेडका समस्या पैदा हुन सक्ने र त्यस समस्या समाधान गर्न युनाइटेडलाई असहज हुन सकने बताएका हुन्।

रोनाल्डोको आगमन पछि युनाइटेड प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जित्ने होडमा पहिला भन्दा बलियो भएको भएपनि जित्न भन्ने पक्का नहुने कर्राघेरले बताए। उनका अनुसार रोनाल्डोको उपस्थितिले मात्रै युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिग जित्छ भन्न मिल्दैन। युनाइटेड फिर्ता भएपछि रोनाल्डोले उत्कृष्ट खेल प्रदर्शन गरेपनि युनाइटेड च्याम्पियन बन्छ भने अहिले देखि नै चर्चा गर्नु बेकार हुने उनको भनाई छ।

“पछिल्ला पाँच खेल मध्ये उनीहरुले ३ खेल जितिसकेका छन्। युनाइटेडमा रोनाल्डोको आगमनको प्रभाव पनि देखा परिसकेको छ। तर, उनको आगमनले मात्रै युनाइटेडलाई च्याम्पियन बनाउन सक्दैन।”,कर्राघेरले भने।

रोनाल्डोको उपस्थितले युनाइटेडलाई जहिले पनि जिताउँछ भन्नु बेकार हुने उनले बताए। रोनाल्डोको उपस्थितिले मात्र जित्न सकिँदैन भन्ने प्रमाण च्याम्पियन्स लिग अन्तर्गत योङ ब्वाइज विरुद्धको खेल रहेको कर्राघेरको भनाई छ।

रोनाल्डो आएपछि प्रशिक्षक ओले गुन्नार सोल्क्सजायरलाई चुनौती थपिएको कर्राघेर बताउँछन्। टोलीमा पहिला देखि नै धेरै खेलाडी रहेको हुँदा रोनाल्डोलाई मौका दिनेकि अन्य खेलाडीलाई दिने भन्ने कुरामा अन्योलता रहने उनले बताए। पछिल्लो समय युनाइटेडका फरवार्डका बीच प्रतिष्पर्धा पनि बढेर गएको र त्यसले टीमलाई जहिले पनि फाइदा गर्छ भनेर भन्न नसकिने उनको बुझाई छ।

प्रकाशित : शनिबार, असोज ०२, २०७८१४:०७

रोनाल्डो प्रिमियर लिगकै बढी पारिश्रमिक लिने खेलाडी, हप्ताको कति ?