जोरपाटीबाट जुवाडेको जम्बो टोली पक्राउ !

काठमाडौँ – काठमाडौंको जोरपाटीबाट ठूलो संख्यामा जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी चामुण्डागेटबाट २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

चामुण्डागेटस्थित तिब्बतियन क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीलाई जनाएको छ।

पैसामा हार–जित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खात्येको प्रहरी टोलीले पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ ।

प्रकाशित : शनिबार, असोज ०२, २०७८१३:२९

एमालेमै अड्किएका भीम रावल सहितका नेता माथि खनिइन् झाँक्री !