बार्सिलोनाको ब्याण्ड बजाएको बार्यनको गोलको वर्षा, विपक्षी पोस्टमा हान्यो सात गोल !

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा नव प्रवेशी बोचुममाथि सानदार जित निकालेको छ ।

घरेलु मैदान एलिएन्ज एरिना शनिबार राति भएको खेलमा बायर्नले बोचुममाथि ७–० को फराकिलो जित निकाल्दै बुन्डेसलिगामा अपराजित रहन सफल भएको हो । पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएयता बायर्नले लगातार चौथो जित निकाल्न सफल भएको हो ।

बायर्नको आधा दर्जन गोलमा योसुवा किम्मिखले दुई तथा लिरोए साने, सर्ज जिनाब्री र रोबर्ट लेवान्डोस्कीले समान १-१ गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा बायर्नले पहिलो हाफमा ४ गोल तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

खेलको १७औं मिनेटमा लिरोए सानेको गोलबाट बायर्नले अग्रता लिएको थियो । २७औं मिनेटमा लिरोए सानेको पासमा योसुवा किम्मिखले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ३२औं मिनेटमा सर्ज जिनाब्रीले थोमस मुलरको पासमा गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ४३औं मिनेटमा भासिलिओस लाम्ब्रोपोउलोसले आत्मघाती गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो।

६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसको चार मिनेटपछि ६५औं मिनेटमा योसुवा किम्मिखले लियोन गोरेट्जकाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गरेपछि बायर्नले खेलमा ६–० को फराकिलो अग्रता लियो । ७९औं मिनेटमा सब्सिच्युट इरिक म्याक्सि चुपो मोटिङले गोल गर्दै बायर्नलाई ७–० को फराकिलो जित दिलाए । उनी ६८औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान छिरेका थिए ।

यो फराकिलो जितसँगै अपराजित रहेको बायर्न ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बायर्नले एक खेल कम खेलेको वल्फ्सवर्गलाई १ अंकले पछि पारेको हो । अपराजित रहेको वल्फ्सवर्गको ४ खेलबाट १२ अंक छ । पराजित बोचुम ३ अंक जोडेर १७औं स्थानमा छ ।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१०:५७

रोनाल्डोलाई प्रशिक्षक बन्न नखोज भन्ने रियोलाई ओलेको कडा काउन्टर !