रोनाल्डोलाई प्रशिक्षक बन्न नखोज भन्ने रियोलाई ओलेको कडा काउन्टर !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्सजारले आफ्ना पूर्वसहकर्मी तथा युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्डले क्रिस्टियानो रोनाल्डोलाई लिएर अनावश्यक टिप्पणी गरेको बताएका छन्।

च्याम्पियन्स लिग अन्तर्गत योङ ब्वाइज विरुद्धको खेलमा रोनाल्डो प्रशिक्षक बन्न खोजेको भन्दै टिप्पणी गरेका रियो बारे बोल्दै ओलेले ओलेले अनावश्यक बोलेको बताएका हुन्।

योङ ब्वाइज विरुद्धको खेलमा मैदानबाट फिर्ता बोलाइएपछि रोनाल्डो प्रशिक्षक सँग-सँगै रहेर युनाइटेडका खेलाडीहरुलाई विभिन्न जानकारी र आदेश दिने काम गरेका थिए। त्यस बेला रोनाल्डोले कराउने काम पनि गरेका थिए। त्यसबेला रोनाल्डोले प्रशिक्षक ओले भन्दा पनि बढी प्रतिक्रिया जनाएको भन्दा बहस नै शिर्जना भएको थियो।

उक्त विषयमा टिप्पणी गर्दै रियो फर्डिनान्डले आफू प्रशिक्षक भएको भए रोनाल्डोलाई चुप-चाप बस्न लगाउने बताएका थिए। उनले भनेका थिए,”इमान्दारीका साथ भन्नु पर्दा, यदि म प्रशिक्षक भएको भए म रोनाल्डोलाई चुप लागेर बस्न भन्थें।”

रियोको उक्त टिप्पणी बारे बोल्दै ओलेले रियोलाई अनावश्यक नबोल्न सुझाव दिए। ओलेका अनुसार रियो कहिले काहिँ थाहा नभएको विषयमा पनि बोल्छ्न्। रोनाल्डोले प्रशिक्षक बन्न खोजेको नभई रेफ्रीले गलत निर्णय गर्दा प्रतिक्रिया जनाएको ओलेले बताए। योङ ब्वाइजका खेलाडीले फल गर्दा रेफ्रीले कार्ड नदेखाएपछि रोनाल्डो उठेर आएको ओलेले स्पष्ट पारे। उनले भने,”रियो कहिलेकाहीँ अनावश्यक बोल्छन्, थाहा नभएको कुरामा पनि बोल्छन्।

त्यसबेला रोनाल्डो प्रशिक्ष बन्न नखोजेको ओलेले बताए। सहि निर्णय नगर्ने रेफ्री सामू अपिल गर्ने बेला मात्र रोनाल्डो उठेर आएर ओलेको भनाई छ। पछि रोनाल्डो आफैं गएर चुपचाप बसेको ओलेले बताए।

प्रकाशित : आइतबार, असोज ०३, २०७८११:१७

लगभग अपराजित्त रियल म्याड्रिड, जनवरी यता कुनै पनि स्पेनिस क्लबको रियललाई हराउन दम पुगेन !