शुक्रबार एकैदिन १४ सयले घटेको सुनको मूल्य आज कति ?

शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार भने स्थिर रहेको छ। बिहिबारको तुलनामा शुक्रबार सुनको भाउमा भारी गिरावट आएको थियो।

हप्ताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुनको भाउ ८९ हजार १०० प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहिबार ९० हजार ५ सयमा कारोबार भएको चापवाला सुन शुक्रबार भने आज कै भाउमा किनबेच भएको थियो।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। बिहिबार ९० हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य शुक्रबार ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो। आइतबार पनि सोहि भाउमा किनबेच भइरहेको छ।

चाँदीको मूल्य भने घट्यो

आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। शुक्रबार ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ११ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१२:५८

आठ करोड बराबरको आइपिओ खुल्ने, कति कित्तासम्म भर्ने ?